७ जेष्ठ २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वडाध्यक्षमाथि कार्यकक्षमै कुटपिट

अ+ अ-

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ का वडाध्यक्ष बहादुरसिंह महरामाथि आज कार्यकक्षमै कुटपिट गरिएको छ ।

नेपाली काँग्रेस सम्बद्ध तरुण दलका वडा सभापति नारद ठगुन्नाको नेतृत्वमा गएको समुहले वडाध्यक्ष महरामाथि कुटपिट गरेको हो ।

वडाध्यक्ष महरामाथि कुटपिट गर्नुका साथै कार्यालयमा तोडफोडसमेत गरिएको छ । आक्रमणबाट अध्यक्ष महराको टाउको, घाँटी, पिठ्युलगायतमा चोट लागेको छ । महराले वडा कार्यालयमा सेवाग्राहीको काम गरिरहेका बेला ठगुन्नाको नेतृत्वमा आएको १०१२ जनाको समुहले एकाएक आक्रमण गरेको बताए ।

शनिवार राती सुरज चौधरी लगायतलाई ठगुन्ना लगायतका समुहले मदिरा सेवन गरी कुटपिट गर्न थालेपछि वडा अध्यक्षले सम्झार पठाएको थियो चौधरीले भने, ‘सो समुहले राती गाँउमा हो हल्ला गर्ने र गाँउलेलाई आतंकित पार्ने कार्य गरिरहेकाले उनीहरुलाई सम्झाउनका लागि वडाध्यक्षलाई डाँकेका थियौँ, तत्काल वडा अध्यक्षले सम्झाएपछि त्यहाँबाट गए पनि राती वडाध्यक्षलाई ठिक पार्नुपर्छ भनेर हिँडका थिए ।’

मदिरा पिएर होहल्ला गर्ने समुहले आतंक मच्चाउन थालेपछि प्रहरीलाई त्यसबारे खबर गरे पनि प्रहरी नआएको स्थानिय बासिन्दाले बताएका छन् । वडाध्यक्षमाथि वडा कार्यालयमै आक्रमण भएपछि मात्रै प्रहरी पुगेको स्थानिय बासिन्दाको भनाइ छ ।

यसैबीच नगर कार्यपालिकाले प्रेस विज्ञप्ती जारी गरी वडा कार्यालयमा केही उछृङखल व्यक्तिले अनाधिकृत रुपमा प्रवेश गरी वडा कार्यालयमा तोडफोड गर्नुका साथै वडाध्यक्ष माथि कुटपिट गर्ने कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस