स्याङ्जा । जिल्ला प्रहरी कार्यालयका सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएपछि कार्यालय प्रवेशमा रोक लगाइएको छ । मंगलबार जिल्ला प्रहरी कार्यालयका ३ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि अर्को सूचना जारी नभएसम्मका लागि सेवा ग्रहाहीलाई कार्यालय प्रवेश नगर्न अनुरोध गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाले बुधबार एक सूचना जारी गर्दै सेवाग्राहीलाई कुनै उजुरी वा निवेदन दिनु परेमा १०० नम्बरमा फोन गर्न र विद्युतीय माध्यमको प्रयोग गरी सूचना दिन आग्रह गरेको छ । कार्यालय भित्रका लाई बाहिर र बाहिरकालाई भित्र जान निषेध गरिएको प्रहरी नायव निरीक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिए ।