८ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मेलमिलापको नीति काँग्रेसले बिर्सन थाल्यो : नेता भण्डारी

अ+ अ-

दमौली । नेपाली काँग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले राष्ट्रिय मेलमिलापको नीति काँग्रेसकै नेता तथा कार्यकर्ताले बिर्सन थालेको बताएका छन् ।

अठतीसौँ बिपी स्मृति दिवसको अवसरमा नेपाली काँग्रेस व्यास नगर समितिले व्यास नगरपालिका-५ पाटनमा आज आयोजना गरेको वृक्षरोपण कार्यक्रमलाई सम्बोधन गर्दै भण्डारीले वर्षको एकदिन मात्रै कार्यक्रम गरेर बिपीको सम्मान नहुने बताए ।

नेता भण्डारीले भने, ‘बिपी कोइरालालाई जति मुखले सम्मान गर्छौं, व्यवहारमा त्यो देखिएको छैन, राष्ट्रिय मेलमिलापको नीति पार्टीकै नेता तथा कार्यकर्ताले बिर्सन थालेको आभाष भइरहेको छ ।’ बिपीले सधै आफूभन्दा माथि देश र जनतालाई राखेको स्मरण गराउँदै नेता भण्डारीले बिपीलाई सम्झनेले त्यो कुरालाई सधैँ अनुशरण गर्नुपर्नेमा जोड दिए।

नेताहरुको कोठे बैठकले पार्टीलाई नोक्सानी पुर्‍याउने भन्दै भण्डारीले पार्टीभित्रको साथीहरुलाई चुनौतीको रुपमा देखेर काँग्रेस बलियो नहुने तर्क गरे । ‘आफ्नै साथीहरुलाई सिध्याएर पार्टी बलियो हुँदैन, पार्टीलाई बलियो बनाउन सबैसँग सम्बन्ध सुमधुर बनाउनुपर्छ’, नेता भण्डारीले भने ।

काँग्रेस जिल्ला सभापति एवं व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले प्रजातान्त्रिक आन्दोलनमा बिपीले पुर्‍याएको योगदान सधैँ अविष्मरणीय रहने बताए । ‘बिपीको लोकतन्त्रप्रतिको निष्ठा सधैँ अविचलित रहिरहन्छ, बिपीप्रतिको निष्ठा जोगाउन काँग्रेसका कार्यकर्ता लाग्नुपर्छ’, उनले भने ।

बिपी स्मृतिको दिवसमा नेपाली काँग्रेसले आज दशवटै स्थानीय तहमा वृक्षरोपण कार्यक्रम आयोजना गरेको नगरसभापति शान्तिरमण वाग्लेले जानकारी दिए । सो क्रममा आँप, बेल, अशोक, कपुरलगायतका २२५ बिरुवा रोपिएको थियो । रासस

प्रतिक्रिया दिनुहोस