१० जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डोजर ट्रयाक्टर निकुञ्जको नियन्त्रणमा

अ+ अ-

डोल्पा । शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जले नौ जनासहित एक डोजर र ट्र्याक्टर नियन्त्रणमा लिएको छ ।

त्रिपुरासुन्दरी नगरपालिका-३ अन्तर्गत पर्ने सुँपानीबाट खेलकूद मैदानका लागि प्रयोग गरिएका कामदारसहित डोजर ट्र्याक्टर र चालक नियन्त्रणमा लिइएको हो ।

ठूलीभेरी नदीको किनारमा रहेको सुँपानीमा अनुमति नलिइ खेलकूद मैदान निर्माण गर्न लागेको थाहा पाएपछि चालकसहित सबैलाई नियन्त्रणमा लिएको निकुञ्जले जानकारी दिएको छ ।

‘खेलकूद मैदान निर्माण गर्न लागिएको क्षेत्र निकुञ्ज क्षेत्रमा पर्छ, नीतिनियमविपरीत वन मन्त्रालय र राष्ट्रिय निकुञ्ज विभागको अनुमति नै नलिइ काम शुरु गरेको थाहा पाएपछि निर्माणमा संलग्न कामदार, उपकरण सबै नियन्त्रणमा लिएका हौ’, निकुञ्जका प्रमुख संरक्षण अधिकृत सरोजमणि पौडेलले भने ।

‘नदीले कटान गरेको दुवैतिरको भूभाग निकुञ्ज क्षेत्रमा पर्छ, उक्त क्षेत्रमा अनुमतिविपरीत मान्छे डोजर प्रयोग गरेर निजी तथा सार्वजनिक निर्माण शुरु गर्नु कानूनविपरीत मानिन्छ ।’

घटनाका विषयमा अनुसन्धान भइरहेकाले बताउँदै कसुर देखिएमा कानूनअनुसार कारवाही हुने पौडेलको भनाइ थियो ।

पक्राउ गरिएका सबैलाई नगर उपप्रमुख चन्द्राकुमारी बुढाको जिम्मा छोडिएकाले आवश्यक परेका खण्डमा जतिखेर पनि झिकाइने निकुञ्जले जनाएको छ ।

निर्माण गर्न लागिएको खेलकूद मैदान गत वर्ष कार्यपालिकाको बैठकबाट ठाउँ छनोट गरेर काम शुरु गरिएको नगर उपप्रमुख चन्द्राकुमारी बुढाले बताइन् ।

भेरीले कटान गरेको ठाउँभरि आफ्नो क्षेत्रमा पर्ने निकुञ्जले बताएकाले एकपटक फिल्डमै पुगेर यकीन गर्न भनिएको उनको भनाइ छ । यता प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले सर्वप्रथम निकुञ्ज क्षेत्रमा पर्छ वा पर्दैन निकुञ्जले यकीन गर्नुपर्ने बताए ।

‘निकुञ्ज क्षेत्रमा पर्ने भएर पनि अनुमति नलिएर काम गरेको पाइयो भने कारवाही हुनुपर्छ, तर निकुञ्ज क्षेत्रमा नपरेको ठाउँमा अनाआवश्यक हस्तक्षेत्र गर्न हुँदैन ।सबैले सहजीकरण गरेर विकास निर्माणकार्य अघि बडाउनु पर्छ’, सुनारले भने ।

निकुञ्ज क्षेत्रमा पर्ने भूगोलका विषयमा आम जनतालाई जानकारी गराउनुपर्ने उनको भनाइ थियो । उक्त खेलकूद मैदान सङ्घीय सरकार र त्रिपुरासुन्दरी नगरपालिकाको जनश्रमदानसहितको रु ८५ लाख संयुक्त बजेटमा निर्माण हुन लागेको थियो । रासस

प्रतिक्रिया दिनुहोस