ओली-प्रचण्ड झन्डै तीन घण्टा वार्ता « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

ओली-प्रचण्ड झन्डै तीन घण्टा वार्ता


१९ असार २०७७, शुक्रबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिच शुक्रवार झन्डै तीन घण्टा वार्ता भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान १२ पछि सुरु भएको भेटवार्ता दिउँसो तीन बजेसम्म चलेको थियो।

ओली–प्रचण्ड वार्तामा नेकपा महासचिव विष्णु पौडेल र स्थायी समिति सदस्य जनार्दन शर्मा पनि सहभागी थिए।

भोलि बिहान स्थायी कमिटी बैठक बस्नुअघि फेरि बस्ने गरी आजको वार्ता टुङ्गिएको बालुवाटार स्रोतले जनाएको छ । नेकपा स्थायी कमिटीको बैठक शनिबार बिहान ११ बजे बस्दैछ ।

पछिल्लो समय प्रधानमन्त्री ओलीले नयाँ नक्सा छापेपछि भारतले आफूलाई हटाउन लागेको बताएका थिए भने जवाफमा प्रचण्डले प्रधानमन्त्री ओलीको राजीनामा भारतले नभई आफूले मागेको बताएका थिए।

बिहीबार बिहान नेकपाका दोस्रो पुस्ताका नेताहरूसँगै बसेर पार्टी एकतालाई जोगाउनु पर्ने र दुई पार्टी एक हुँदाको सहमतिलाई आधार मानेर अघि बढ्नु पर्नेमा छलफल गरेका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस