आज ३१६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १३,५६४ « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

आज ३१६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १३,५६४


१६ असार २०७७, मंगलबार


काठमाडौं । आज मात्रै ३१६ जनामा कोरोना (कोभिड १९) पुष्टि भएको छ । जसमध्ये ७१ महिला र २५४ पुरुष छन् ।

कूल संक्रमितको संख्या १३,५६४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा जानकारी दिँदै प्रवक्ता जागेश्वर गौतमले बताए ।

कोरोना संक्रमण निको भइ घर फर्किनेको संख्या ३१९४ जना पुगेको छ । डिस्चार्ज हुनेमा २७७ महिला र २९१७ पुरुष छन् । गत २४ घण्टामा ६० जना डिस्चार्ज भएका छन् ।

कोरोना संक्रमणका कारण  मृत्यु हुनेको संख्या भने २९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस