काठमाडौं । आज कोरोना संक्रमितको संख्या ९०२६ पुगेको छ । पछिल्लो २४ घण्टामा ४२१ जनामा कोरोना पुष्टि भएपछि संक्रमितको संख्या ९०२६ पुगेको हो ।
जसमध्ये ३५७ जना पुरुष र ६४ जना महिला आज थपिएका हुन् । हालसम्म ८२०६ जना पुरुष र ८२० जना महिला कोरोना संक्रमित भएका छन् ।
आज १८६ जना पुरुष र ८ जना महिला गरी १९४ निको भएर डिस्चार्ज भएका छन् । हालसम्म कूल १ हजार ७७२ जना डिस्चार्ज भएका छन् । जसमध्ये १४९ जना महिला र १ हजार ६२३ जना पुरुष छन् ।