राष्ट्रपतिद्वारा संविधानको दोस्रो संशोधन विधेयक प्रमाणीकरण « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

राष्ट्रपतिद्वारा संविधानको दोस्रो संशोधन विधेयक प्रमाणीकरण


४ असार २०७७, बिहिबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नयाँ नक्सा संविधानको निसान छापमा राख्ने संविधान संशोधन विधेयक प्रमाणीकरण गरेकी छन्।

दुवै सदनबाट सर्वसम्मतिले पारित भएको विधेयक बिहीबार अपराह्न राष्ट्रपति भण्डारीले प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

राष्ट्रपतिले प्रमाणीकरण गरेसँगै उक्त विधेयक अब संविधानको अङ्ग बनेको छ। उक्त विधेयक राजपत्रमा पनि प्रकाशित हुनेछ।

सरकारले गत जेठ ७ गते लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नेपालको नयाँ राजनीतिक नक्सा जारी गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस