काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वरले ३२३ जना कोरोना संक्रमित थपिएको बताए।
यो सँगै कोरोना संक्रमितको संख्या ४ हजार ५८ पुगेको छ ।
कोराना जितेर पछिल्लो २४ घण्टामा ८ महिला ८८ पुरुष गरी ९६ जना डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ५८४ पुगेको छ।
कोरोनका कारण मृत्यु हुनेको संख्या १५ पुगेको छ ।