सुनचाँदीको कारोबार सुरु, सुन तोलाको ८७ हजार ४ सय रुपैयाँ « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

सुनचाँदीको कारोबार सुरु, सुन तोलाको ८७ हजार ४ सय रुपैयाँ


२५ जेष्ठ २०७७, आइतबार


काठमाडौं । आजदेखि सुनचाँदीको कारोबार सुरु भएको छ । चैत ११ गतेदेखि बन्द भएको सुनचाँदीको कारोबार आजदेखि सुरु भएको हो ।

आज छापावाल सुनको मूल्य तोलाको ८७ हजार ४०० रुपैयाँ तय भएको छ भने तेजावी सुन ८६ हजार ९६० रुपैयाँ तोकिएको छ ।

सुनको मूल्य लकडाउनअघि चैत १० मा प्रतितोला ७७ हजार रुपैयाँ थियो । लकडाउनपछि सुनको मूल्य तोलामा करिब १० हजार रुपैयाँले हो ।

यस्तै, चाँदीको मूल्यमा पनि प्रतितोला २०५ रुपैयाँले वृद्धि भएको छ। चैत १० गते प्रतितोला ७२० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आइताबर ९२५ रुपैयाँ तोकेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस