२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सूचनाको हकसम्बन्धी ऐन २०७६ को विधेयक पारित

अ+ अ-

काठमाडौँ । वाग्मती प्रदेशसभाको आज बसेको दोस्रो बैठकले प्रदेश सूचनाको हकसम्बन्धी ऐन २०७६ को विधेयकलाई बहुमतले पारित गरेको छ । उक्त बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्रीले उक्त विधेयकलाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।

यसैगरी मन्त्री शालिकराम जम्कट्टेलले उक्त बैठकमा प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल गरियोस् भनी राखेको प्रस्ताव बैठकले विभिन्न समितिमा छलफलमा पठाउन सहमति दिएको छ । उक्त बैठकमा प्रहरी विधेयक सम्बन्धमा छलफलमा उठेका जिज्ञासाको आन्तरिक मामिला तथा कानूनमन्त्री जम्कट्टेलले उत्तर दिँदै प्रदेशमा प्रहरीको ऐन तर्जुमा गरी प्रहरी जनशक्तिलाई प्रदेश सरकारको मातहतमा राखी जनतालाई दिगो शान्ति र सुरक्षा पु¥याउन सरकारले समन्वय र सहकार्यको माध्यमबाट अघि बढ्ने बताए ।

प्रदेशमा प्रहरीको इञ्चार्ज प्रहरी नायब महानिरीक्षकको नियुक्ति संघीय सरकारले गर्ने गरिएको भए पनि प्रदेशभित्र प्रहरी उपरीक्षकलगायत अन्य अधिकृतको पदस्थापन सरुवा, बढुवालगायतका जिम्मेवारी तोक्ने प्रदेश सरकारकै भूमिकामा रहने भएकाले प्रदेश सरकारले प्रहरी सञ्चालनमा निष्पक्षका साथ राजनीतिक हस्तक्षेप नहुने आन्तरिक मामिलामन्त्री जम्कट्टेलले स्पष्ट पारे ।

उक्त बैठकमा रमेश पौडेल, विराजभक्त श्रेष्ट, नरोत्तम वैद्य, राधा घले, रत्न ढकाल, दीपेन्द्र श्रेष्ठ न्हुच्छेनारायण श्रेष्ठ सुरेन्द्रराज गोसाई, केशवप्रसाद पोखरेल, रीना गुरुङ र रीता माझीले छलफलमा सहभागी भई विभिन्न सुझाव प्रस्तुत गरेका थिए ।

उक्त बैठकमा प्रदेशसभाका सार्वजनिक लेखा समितिका सभापति न्हुच्छेनारायण श्रेष्ठले समितिको वार्षिक प्रतिवेदन बैठकमा प्रस्तुत गरे । प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले बैठक अर्को सूचना जारी नभएसम्मको लागि स्थगित गरेका थिए ।

प्रतिक्रिया दिनुहोस