अदालतले छाडे लगत्तै सुलभ अग्रवाल फेरि पक्राउ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

अदालतले छाडे लगत्तै सुलभ अग्रवाल फेरि पक्राउ


१८ बैशाख २०७७, बिहिबार


काठमाडौँ। थर्मल गन कालोबजारीले आरोपमा पक्राउ परेका सुलभ अग्रवाल धरौटीमा रिहा भए लगत्तै पक्राउ परेका छन् ।

उनीमाथि सम्पत्ति शुद्धीकरण विभाग र राजश्व अनुसन्धान विभागले समेत अनुसन्धान गर्ने भएपछि प्रहरीले फेरि पक्राउ गरेको हो ।

अदालतमा २५ लाख ५० हजार रुपैयाँ धरौटी बुझाएर रिहा हुनेवित्तिकै उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो ।

कालोबजारी अभियोगमा पक्राउ परेका उनलाई विभागको हिरासतमा राखिएको एक अधिकारीले प्रशासनलाइ बताए ।

कालोबजारीको आरोप लागेका जोकोहीमाथि ती दुवै विभागबाट बेग्लाबेग्लै अनुसन्धान गर्नुपर्ने कानुनी व्यवस्था भएकाले अदालतलको आदेशपछि उनलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग पठाइएको हो ।

काठमाडाैं जिल्ला अदालतका मुख्य न्यायाधीश ब्रजेश प्याकुरेलकाे इजलासले अग्रवालसँग धराैटी माग गर्दै तारेखमा राख्न आदेश दिएकाे थियाे ।  उनी विरूद्व कालाेबजारी र सार्वजनिक पदकाे दूरूपयाेगसहित चार कसुरमा मुद्दा दर्ता भएकाे थियाे ।

कालोबजारी, अत्यावश्यक वस्तुको अभाव सिर्जना लगायतका विषयमा काठमाडौँ जिल्ला अदालतमा मुद्दा चलिरहेका बेला सम्पत्ति शुद्धीकरण विभागले अग्रवालमाथि अनुसन्धान गर्ने भएपछि यो प्रकरण अझै पेचिलो बन्ने देखिएको छ ।

सुरुमै अदालत जानुपर्ने कसुरमा पक्राउ परेका भए पनि मुद्दा कमजोर बनाउन प्रहरी र प्रशासनलाई साम, दाम, दण्ड, भेदको नीति अख्तियार गर्दै न्यून धरौटीमा छुट्ने सेटिङ मिलाउने प्रयास गरेका थिए अग्रवालले । तर, जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता भएसँगै त्यसमा असफल भएका छन् ।

जसरी पनि छुट्नुपर्ने भन्दै आर्थिक चलखेलदेखि राजनीतिक दबाब र ‘इमोस्नल ब्ल्याकमेलिङ’ समेत गर्न पुगेका अग्रवालको यो पहिलो धन्दा भने होइन । अप्रत्याशित सम्पत्ति आर्जन, कालोबजारी, नक्कली भ्याट बिल, विद्युत् डेडिकेटर फिडर, जगदम्बा स्टिलमा गुणस्तरहीन कच्चा पदार्थ प्रयोगलगायतका आर्थिक अपराधमा मुछिँदै आएका छन् ।

सम्बन्धित समाचार : कूटनीतिक नम्बरको गाडीमा थर्मोगनको कालोबजारी गर्ने शंकर ग्रुपका सञ्चालक अग्रवाल पक्राउ

सम्बन्धित समाचार : विश्व महामारीमा कन्सुलरको कालो धन्दा !

सम्बन्धित समाचार : स्वास्थ्य सामाग्रीको कालो बजारी गर्ने सुलभ अग्रवाललाई थप सात दिन हिरासतमा राख्न अनुमति

सम्बन्धित समाचार : राज्यमन्त्री दुगढ कालोबजारीया छुटाउन कुदेकै हुन् त ?

सम्बन्धित समाचार : कालोबजारी आरोपमा पक्राउ परेका अग्रवाल थप ५ दिन थुनामा

सम्बन्धित समाचार : सुलभ अग्रवाललाई चार वटा मुद्दा चलाउन प्रहरीको सिफारिस

सम्बन्धित समाचार : व्यवसायी अग्रवाललाई २५ लाख ५० हजार धरौटीमा छाड्न अदालतको आदेश

Tags :
प्रतिक्रिया दिनुहोस