सुलभ अग्रवाललाई चार वटा मुद्दा चलाउन प्रहरीको सिफारिस « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सुलभ अग्रवाललाई चार वटा मुद्दा चलाउन प्रहरीको सिफारिस


१५ बैशाख २०७७, सोमबार


काठमाडौँ । थर्मल गन कालोबजारी गरेको आरोपमा पक्राउ परेका किर्गिस्तानका अवैतनिक दूत तथा शङ्कर ग्रुपका सञ्चालक सुलभ अग्रवाललाई चार वटा मुद्दा चलाउन प्रहरीले सिफारिस गरेको छ ।

महानगरीय प्रहरी परिषद् काठमाडौँले अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुझाएको छ, जसमा उनलाई कालोबजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२अनुसार कालोबजारी, नाफाखोरी, जामाखोरी तथा कृत्रिम अभावको मुद्दा चलाउन सिफारिस गरिएको छ ।

पक्राउ परेका बेला उनी किर्गिस्तानका अवैतनिक दूतसमेत भएकाले मुलुकी संहिताअनुसार सार्वजनिक पदको दुरुपयोगमा पनि उनलाई मुद्दा चलाउन सिफारिस गरिएको छ । यो सबैमा गर्दा उनलाई अधिकतम साढे ४ वर्षसम्म जेल सजाय हुनसक्छ ।

यस्तै उनको साथबाट बरामद भएको स्वास्थ्य सामग्री जफत गरी १५ लाख ७८ हजार ९ सय १३ रुपैयाँ जरिवाना भराउन प्रहरीको सिफारिस छ ।

Tags :
प्रतिक्रिया दिनुहोस