स्वास्थ्य सामाग्रीको कालो बजारी गर्ने सुलभ अग्रवाललाई थप सात दिन हिरासतमा राख्न अनुमति « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

स्वास्थ्य सामाग्रीको कालो बजारी गर्ने सुलभ अग्रवाललाई थप सात दिन हिरासतमा राख्न अनुमति


२६ चैत्र २०७६, बुधबार


काठमाडौँ । व्यवसायी सुलभ अग्रवाललाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई जिल्ला अदालत, काठमाडौँले अनुमति दिएको छ ।

जगदम्बा ब्रान्डको उत्पादक शङ्कर ग्रुप अफ कम्पनीका कार्यकारी निर्देशक तथा नेपालका लागि किर्गिस्तानका अनररी कन्सुलर सुलभ अग्रवाललाई थर्मगन कालोबजारी गरिरहेको अवस्थामा प्रहरीले रंगेहात पक्राउ गरेको थियो ।

बिहीबार जिल्ला अदालत काठमाडौंले थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप गरेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

बजारमा चरम अभाव रहेको ज्वरो नाप्ने यन्त्र(थर्मोगन) बढी मूल्यमा विक्री वितरण भइरहेको सूचनासँगै कालोबजारी गर्ने मुख्य व्यक्तिलाई नियन्त्रणमा लिने प्रहरीको योजनासँगै अग्रवाल फन्दामा परेका थिए ।

सम्बन्धित समाचार : कूटनीतिक नम्बरको गाडीमा थर्मोगनको कालोबजारी गर्ने शंकर ग्रुपका सञ्चालक अग्रवाल पक्राउ

एक हात नगद र अर्को हात सामानको सर्त राखेका अग्रवाल बोलाएको ठाउँमा निलो प्लेटको गाडीमा १० लाख रुपैयाँ बराबरका ६७ गोटा थर्मोगनसहित आएपछि प्रहरीले उनलाई पक्राउ गर्न सफल भएको थियो ।

जगदम्बा सिमेन्ट, स्टिलछड र धागोका मालिक सुलभ अग्रवाल किर्गिस्तानको अनररी कन्सुलर हुन् ।

सम्बन्धित समाचार : विश्व महामारीमा कन्सुलरको कालो धन्दा !

यस घटनासँगै विपद् मा पनि ठुला, प्रतिष्ठित तथा शक्तिशाली व्यक्तिहरूले शक्तिको आडमा कतिसम्मको घृणित धन्दा चलाउँदा रहेछन् भन्ने पुष्ट्याई गर्दछ ।

Tags :
प्रतिक्रिया दिनुहोस