व्यवसायी अग्रवाललाई २५ लाख ५० हजार धरौटीमा छाड्न अदालतको आदेश « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

व्यवसायी अग्रवाललाई २५ लाख ५० हजार धरौटीमा छाड्न अदालतको आदेश


१८ बैशाख २०७७, बिहिबार


काठमाडौं । कालोबजारी आरोप लागेका व्यवसायी सुलभ अग्रवाललालाई २५ लाख ५० हजार धरौटीमा छाड्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ ।

ज्वरो नाप्ने थर्मल गन कालोबजारी गरेको आरोपमा पक्राउ परेका अग्रवाललाई बिहीबार काठमाडौं जिल्ला अदालतले २५ लाख ५० हजार धरौटीमा छाड्न आदेश दिएको हो । बुधबारदेखि सुरु भएको बहसमा न्यायाधीश ब्रजेश प्याकुरेलको एकल इजलासले बिहीबार आदेश दिएको हो ।

ज्वरो नाप्ने थर्मल गनमा कालोबजारी गरेको आरोपमा अग्रवाललाई गत चैत २५ गते ६७ थान थर्मल गनसहित रंगेहात पक्राउ गरेको थियो ।

उनले चीनबाट ज्वरो नाप्ने थर्मल गन ल्याएर महँगोमा विक्री गरेका थिए । सामान्यतया ३ हजार ५०० पर्ने थर्मल गनलाई १५ हजारसम्ममा अग्रवालले विक्री गर्ने गरेको पाइएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस