काठमाडौँ महानगरमा शिक्षकलाई मनोसामाजिक परामर्श तालिम « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

काठमाडौँ महानगरमा शिक्षकलाई मनोसामाजिक परामर्श तालिम


१७ बैशाख २०८१, सोमबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयहरूमा मनोवैज्ञानिक र मनोसामाजिक परामर्शको करिअर गाइड (म्यापिङ) सम्बन्धी तालिम सुरु गरेको छ ।

१७५ जना शिक्षकलाई ७ समूहमा विभाजन गरेर एक पटकमा २५ जनालाई दिइने महानगरपालिकाले जनाएको छ । पहिलो समूहको तालिम सोमबार थहितीस्थित शान्ति शिक्षा मन्दिरमा सुरु भएको छ ।

महानगरका अनुसार ४२ घण्टाको यो तालिममा ३० घण्टा मनोवैज्ञानिक र मनोसामाजिक परामर्श सम्बन्धी र बाँकी १२ घण्टा करिअर गाइड (म्यापिङ) सम्बन्धी तालिम दिइन्छ ।

बालबालिकालाई पाठ पढाउने मात्रै नभएर आफ्नो विद्यार्थीको मनोभाव बुझेर सुझाव दिने र विद्यार्थीको क्षमता पहिचान गर्न मद्दत होस भनेर शिक्षकलाई तालिम दिन सुरु गरिएको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस