कूटनीतिक नम्बरको गाडीमा थर्मोगनको कालोबजारी गर्ने शंकर ग्रुपका सञ्चालक अग्रवाल पक्राउ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

कूटनीतिक नम्बरको गाडीमा थर्मोगनको कालोबजारी गर्ने शंकर ग्रुपका सञ्चालक अग्रवाल पक्राउ


२५ चैत्र २०७६, मंगलबार


काठमाण्डौँ । शंकर ग्रुप तथा जगदम्बा स्टिलका सञ्चालक सुलभ अग्रवाल पक्राउ परेका छन् ।

कोरोना परीक्षण गर्ने ६७ वटा इन्फ्रारेड थर्मल गनसहित उनलाई पक्राउ गरिएको हो । ५ हजार रुपैयाँमा पाइने उपकरणलाई १५ हजार रुपैयाँभन्दा धेरै मूल्यमा बिक्री गरेको अभियोगमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

अग्रवाल काठमाण्डौको नक्सालबाट पक्राउ परेका हुन् । किर्गिस्तानको अवैतनिक राजदूतसमेत रहेका अग्रवालले त्यही हैसियतमा कूटनीतिक सुविधा पाउने गाडी प्रयोग गरी ती सामान कालोबजारी गरेको महाशाखाले जनाएको छ ।

२०९ एचसीसी १ नम्बरको गाडीमा थर्मल गन बेच्दै हिँडेको अवस्थामा महाशाखाले फेला पारेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस