कालोबजारी आरोपमा पक्राउ परेका अग्रवाल थप ५ दिन थुनामा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कालोबजारी आरोपमा पक्राउ परेका अग्रवाल थप ५ दिन थुनामा


२ बैशाख २०७७, मंगलबार


काठमाडौँ। कालोबजारी आरोपमा पक्राउ परेका शङ्कर ग्रुप अफ कम्पनीका कार्यकारी निर्देशक तथा नेपालका लागि किर्गिस्तानका अनररी कन्सुलर सुलभ अग्रवाललाई थप ५ दिन हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालयले अनुमति दिएको छ ।

ज्वरो नाप्ने थर्मल गन कालोबजारीको आरोप लागेका उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न अपराध अनुसन्धान महाशाखाले थप समय माग गरेको थियो । त्यसमा जिल्ला प्रशासन कार्यालयले ५ दिनको समय दिएको एक प्रहरी अधिकारीले जानकारी दिए ।

यसअघि प्रशासन कार्यालयले दिएको ७ दिनको समय मंगलबार नै सकिएको छ । पाँच हजार रुपैयाँमा पाइने थर्मल गन १५ हजार रुपैयाँसम्ममा बिक्री गरेको पाइएपछि प्रहरीले उनलाई काठमाडौंको नक्शालबाट पक्राउ गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस