२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कैलालीका कोरोनासँग जितेका युवा भन्छन्,-‘हिम्मत भए सञ्चो हुन्छ’

अ+ अ-

लम्की । नेपालमा कोरोना संक्रमितको संख्या ३१ पुगेको छ । तिनमध्ये संक्रमण निको भएर चार जना घर फर्किसकेका छन् । सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत कैलालीका २१ वर्षीय युवक राज विक पनि नतिजा नेगेटिभ आएपछि घर फर्किएका हुन् । सेती अस्पतालमा उपचाररत पांँचमध्ये विक भारतको मुम्बईबाट गत चैत ८ गते घर फर्किएका हुन्।

चैत १० गते धनगढीको गौरीफन्टा पुगेका उनी लकडाउनका कारण सीमामा रोकिएपछि प्रदेश सरकारले चैत ११ गते राति उद्धार गरी चैत १२ गते बिहान घर पुगेका थिए। घर पुगेलगत्तै लम्कीचुहा नगरपालिकाको क्वारेन्टाइनमा बसेका उनको कोभिड–१९ संक्रमणको नतिजा पोजेटिभ आएपछि चैत २२ गते सेती प्रादेशिक अस्पताल धनगढीको आइसोलेशनमा राखी उपचार शुरु गरिएको हो । स्वाब परीक्षण नतिजा दुई पटकसम्म नेगेटिभ आएपछि विकलाई अस्पतालले आइतबार घर पठाएको छ । आइतबार सांँझ ६ बजे घर पुगेका कोरोना विजेतासंँगको कुराकानीको सम्पादित अंश :

१. आइसोलेशनमा तपाईँको दिनचर्या कसरी बित्यो ?
म १६ दिन आइसोलेशनमा बसेर फर्किएको छु । नयांँ जीवन पाएजस्तै लागेको छ । अस्पतालमा बस्दा फेसबुक चलाए, युट्युबमा विभिन्न भिडियो, चलचित्र हेरेर बस्थँे, फोनमा धेरै साथीहरुसंँग कुराकानी गर्थेँ । अस्पतालले ‘भागवत गीता’ दिएको थियो, त्यो पनि पढेंँ । अस्पतालमा हामी पांँच जना संक्रमित थियाँैं । हामीलाई अलगअलग कोठामा राखिएको थियो । हामी आफ्नो कोठाको बाहिर निस्केर एक आपसमा गफ गथ्र्याैँ । एक अर्काका समस्याबारे जानकारी लिन्थ्यौंँ । हामी सबैलाई खासै समस्या थिएन ।

२. डाक्टर र नर्सको व्यवहार कस्तो पाउनुभयो ?
डाक्टर, नर्सहरुले निकै राम्रो व्यवहार गरे । हाम्रो कोठामा भने कोही आएनन् । खानेकुरा र औषधि झ्यालबाटै दिन्थे । फोन गरेर पटकपटक जानकारी लिन्थे । बाहिरबाट हेर्थे, कुरा गर्थे, रमाइलो कुरा गरी हंँसाएर जान्थे । एकदिन भने एक जना डाक्टर मेरो नजीकै आउनुभएको थियो । उहांँले नआत्तिन आग्रह गर्नुभयो । हामी तपाईँको साथमा छौंँ भन्नुभयो, निकै खुशी लागेको थियो ।

३. कत्तिको डराउनुभएको थियो, अन्य बिरामी कत्तिको त्रसित थिए ?
कोभिड –१९ लाग्यो भनेपछि त्यसै डरलाग्दो रहेछ । संक्रमण भयो भनेपछि मलाई तनाव भयो । हामी पांँच जना संक्रमित पनि एक आपसमा भेट्नै डर लागेको थियो । रोग लागेको छ भनेपछि बांँच्नुपर्छ भन्ने लाग्दोरहेछ । जीवनमा देखेका सपनाहरु सम्झिएँ, जीवन के हो त्यतिखेर बुझेंँ । डाक्टरहरुसँंग कुरा गर्दा हिम्मत मिल्ने रहेछ । मलाई कुनै पनि लक्षण भने देखिएको थिएन तर पनि संक्रमण देखियो भनेपछि अलि डराएको थिएँ । कोरोना संक्रमण भएका बिरामी राखिएका छन् भनेपछि हामी बस्ने वार्डमा अन्य कोही मानिस आउंँदैनथे । डाक्टर र नर्सबाहेक अन्य कोही आएनन् ।

४. तपाईँलाई केके लक्षण देखिएको थियो ?
मलाई केही समस्या नै भएन । मलाई कुनै पनि लक्षण देखिएन । ज्वरो, खोकी, श्वासप्रश्वासमा समस्या जस्ता कुनै लक्षण थिएनन् । म एकदमै स्वस्थ थिएँ । लक्षण नदेखिएपछि शुरुका केही दिन त मैले डाक्टरहरुलाई म संक्रमित छैन भनेर जिद्दी गरँें । मलाई मात्र होइन अन्य चार जनालाई पनि खासै समस्या छैन । धनगढीका विदेशबाट आएका दाइलाई भने खोकी लाग्थ्यो । अरु सबै सामान्य छन् ।

५. अब कसरी बस्नुहुन्छ ?
म विपन्न परिवारको मानिस हुंँ । म भारतको होटलमा खाना पकाउने काम गर्थेँ । मैले कमाएर मेरो घर चलेको छ । अहिले त केही दिन छुट्टै बस्छु । घरमा आफैँ पकाएर खान मिल्ने व्यवस्था छैन तर छुट्टै बस्ने, कसैलाई नछुने, सुरक्षित तवरले बसेको छु । म घर फर्केपछि मेरी आमा धेरै खुशी हुनुभएको छ । घरमा हामी ११ जनाको परिवार छ । मेरो आमाका सपना पूरा गर्नुछ । एक हप्तापछि पुनःपरीक्षण गर्ने भनिएको छ । अहिले त डाक्टरहरुले भनेअनुसार बस्छु । पछि त काम गर्नैपर्छ, नत्र जीवन कसरी चलाउनू ?

६. कोभिड –१९ संक्रमणबाट बच्न अन्यलाई के सुझाव दिनुहुन्छ ?
मैले अस्पताल बस्दा तातोपानी धेरै खाएँ । पटकपटक खाना, फलफूल खाएँ । खानपिनमा ध्यान दिनुस् । लकडाउन पालना गराँैं । सकेसम्म एक आपसमा टाढा रहाँैं । संक्रमण देखिहाले पनि नआत्तिन अनुरोध गर्छु । हिम्मत भए सञ्चो हुन्छ । कोरोना लाग्यो भनेपछि मानिस बढी आत्तिने रहेछन् । नआत्तिए रोग जित्न सकिन्छ । मलाई साथ दिने र सहयोग गर्ने सबैलाई धन्यवाद । मेरो उपचारमा खटिने डाक्टर, नर्स, लम्कीचुहा नगरपालिका, साथीभाइ मेरो स्वास्थ्यलाभको कामना गर्नेहरुप्रति आभारी छु ।

प्रतिक्रिया दिनुहोस