बैतडी । दुर्गम सिगास गाउँपालिकाले पालिकाका दुई स्थानमा हेलिप्याड निर्माण गरेको छ । कोरोना भाइरसको संक्रमितलाई आपत्कालीन रुपमा तत्काल जिल्ला बाहिर लैजानुपर्ने अवस्था आउन सक्ने भएकाले पूर्वसतर्कताका लागि हेलिप्याड निर्माण गरिएको हो ।
वडा नं २ को गाँजरी र वडा नं ८ को लेकमा अस्थायी हेलिप्याड निर्माण गरिएको सिगास गाउँपालिका अध्यक्ष हरिसिंह धामीले जानकारी दिए । गाउँपालिकामा हालसम्म ५६ जना भारतबाट आएका छन् । तीमध्ये १४ जना क्वारेन्टाइनमा र २६ सेल्फ क्वारेन्टाइनमा बसेको बताइएको छ ।