नेपालमा अलपत्र पर्यटकको उद्दार शुरु, फ्रान्सबाट चार्टर्ड प्लेन आउँदै « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

नेपालमा अलपत्र पर्यटकको उद्दार शुरु, फ्रान्सबाट चार्टर्ड प्लेन आउँदै


१३ चैत्र २०७६, बिहिबार


काठमाडौं । नेपालका विभिन्न स्थानमा अलपत्र परेका पर्यटकहरुको उद्दार कार्य शुरु भएको छ । बिहीबार बिहानै देखि उद्दार कार्य शुरु गरिएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

उद्दारका लागि लुक्लाबाट बिहीबार चार्टर्ड विमान काठमाडौं ल्याइँदै गरेको बोर्डले जनाएको छ । विमानले लुक्लामा रहेका फ्रेन्च, जर्मन तथा अन्य यूरोपेली मुलुकका नागरिकलाई काठमाडौं ल्याउनेछ । पोखरा तथा विभिन्न स्थानबाट पनि उनीहरुलाई काठमाडौं ल्याउने तयारी थालिएको छ ।

यस्तै, फ्रान्स सरकारले नेपालमा रहेका आफ्ना नागरिकलाई लैजान फ्रान्सबाट चार्टर्ड प्लेन नेपाल पठाउने तयारी गरेको छ । फ्रेन्च दूतावासकै पहलमा देशका विभिन्न स्थानमा रहेका फ्रान्सेली नागरिकलाई काठमाडौं ल्याउन लागिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस