कोरोना संक्रमणबारे स्वास्थ्यमन्त्री ढकालले डाके आकस्मिक पत्रकार सम्मेलन « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

कोरोना संक्रमणबारे स्वास्थ्यमन्त्री ढकालले डाके आकस्मिक पत्रकार सम्मेलन


१० चैत्र २०७६, सोमबार


काठमाडौँ। स्वास्थ्यमन्त्री भानुभक्त ढकालले मध्यान्ह १२ बजे स्वास्थ्य मन्त्रालयमै आकस्मिक पत्रकार सम्मेलन डाकेका छन् ।

मन्त्री ढकालले नेपालमा कोरोना संक्रमणको पछिल्लो अवस्था र आशंकित व्यक्तिका बारेमा जानकारी गराउन सम्मेलन गर्न लागेका हुन् ।

सरकारले आजैदेखि अत्यावश्यक सेवा बाहेकका सबै कामहरु बन्द गरेर जनतालाई आ-आफ्ना घरभित्र बस्न र बाहिर अनावश्यक भिडभाड नगर्न आग्रह गरेको छ । आजैदेखि दुबै छिमेकी मुलुक चीन र भारततर्फका सीमा नाकाहरु बन्द गरिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस