२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोरोनाविरुद्ध सेनाको एकद्वार रणनीति, पस्दा र निस्कदा स्वास्थ्य परीक्षण अनिवार्य

अ+ अ-

काठमाडौँँ । नेपाली सेनाले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण नियन्त्रणका लागि भद्रकालीस्थित सैनिक मुख्यालय प्रवेशमा ‘एकद्वार’ रणनीति अपनाएको छ ।

सैनिक मुख्यालयमा कार्यरत उच्च सैनिक अधिकृतदेखि जवानसम्मले कार्यालय प्रवेश गर्नुअघि र बाहिर निस्कँदा ‘थर्मप्लान्ट’बाट स्वास्थ्य परीक्षण गर्नुपर्नेछ ।

उच्च ज्वरो आएमा वा शङ्का लागेका सैनिक कर्मचारीलाई तत्काल ‘आइसोलेसन’का लागि सैनिक मुख्यालयको दक्षिणतर्फको गेटमा निर्माण गरिएका अस्थायी टेन्टमा राख्ने व्यवस्था गरिएको छ । सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेका अनुशार कार्यालय प्रवेश गर्नुअघि स्वास्थ्य परीक्षण र हातमा सेनिटाइजर लगाएर प्रवेश गर्नुपर्ने व्यवस्था अनिवार्य गरिएको छ ।

विश्व स्वास्थ्य सङ्गठन९डब्लूएचओ०को मापदण्ड अनुरूप तीन मिटरको दूरीमा अस्थायी टेन्ट निर्माण गरिनुका साथै स्वास्थ्यकर्मीको टोली तयारी अवस्थामा राखिएको जनाइएको छ ।

त्यस्तै सैनिक कर्मचारीको स्वास्थ्य सुरक्षा, सतर्कता र सचेतनाका लागि वीरेन्द्र सैनिक अस्पताल छाउनीका प्रमुख चिकित्सकको नेतृत्वमा ‘कोर ग्रुप’ गठन गरिएको प्रवक्ता पाण्डे बताए । प्रत्येक सैनिक ब्यारेकमा स्वास्थ्यकर्मी सहितको दुई–दुई बेड ‘आइसोलेसन’ सेवा विस्तार गरिएको छ । सार्वजनिक स्थान तथा बाटोमा गरिने सैनिक दौड, पिटी र परेड स्थगित गरिएको छ ।

सेनाको आन्तरिक अभ्यासका लागि छाउनी, धरान, पोखरा र नेपालगञ्जमा सञ्चालित सैनिक अस्पतालमा आइसोलेसन बेडका अतिरिक्त सेवाग्राहीलाई अस्पताल प्रवेश गर्नुअघि थर्मप्लान्टबाट ज्वरो नाप्ने व्यवस्था गरिएको छ ।

मुलुकभर रहेका सैनिक कार्यालय तथा युनिटमा कार्यरत सैनिक कर्मचारीलाई व्यक्तिगत तथा कार्यालय सरसफाइ, स्वास्थ्य सतर्कता, कोरोनाको सङ्क्रमणबाट जोगिन अपनाउनुपर्ने स्वास्थ्य तथा सरसफाइ सतर्कतासम्बन्धी जानकारी दिएको सेनाले जनाएको छ । यसको तयारीका लागि १४ युनिटबाट ५२ जना स्वास्थ्यकर्मीको टोलीलाई सैनिक मुख्यालयमा निम्त्याइएको छ । सैनिक प्रवक्ता पाण्डेले छाउनी अस्पतालमा १० बेड आइसोलेसन सेवा विस्तार गरिएको छ ।