स्कुल र संसद बैठक बन्द गर्नुपर्छ : भीमसेनदास प्रधान « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

स्कुल र संसद बैठक बन्द गर्नुपर्छ : भीमसेनदास प्रधान


२९ फाल्गुन २०७६, बिहिबार


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले कोरोना भाइरस विश्वभर प्रकोपका रूपमा फैलिरहेको भन्दै स्कुल बन्द गर्नुपर्ने माग राखेका छन् ।

सांसद प्रधानले बिहीबारको बैठकमा बोल्दै संसद बैठक चलाइरााख्नुको तुक नभएको बताएका छन् । उनले संसद बैठक र स्कुल सबै बन्द गर्नुपर्ने बताएका छन् ।

‘संसद चलाइराख्नुको तुक छैन। स्कुल बन्द गर्नुपर्छ। कोरोनाभाइरस संक्रमण फैलियो भने नेपालले रोक्न सक्दैन,’ सांसद प्रधानले भने ।

उनले सरकारलाई सतर्कता अपनाउन नसकेको आरोप समेत लगाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस