नयाँदिल्ली । भारतले कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण गर्न पर्यटक भिसा गरेको छ । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसलाई महामारी घोषणा गरेसँगै भारतले पर्यटन भिसा पनि रद्द गरेको हो ।
अब अप्रिल १५ सम्म कुनै पनि देशका नागरिक पर्यटक भिसामा भारत आउन नपाउने भएका छन् ।
तर कूटनीतिज्ञ, संयुक्त राष्ट्र तथा अन्तर्राष्ट्रिय संगठन, रोजगार र परियोजनामा काम गर्ने विदेशीहरूका भिसा भने कायम रहनेछन्। भारतले आफ्ना देशका नागरिकलाई पनि अनावश्यक विदेश भ्रमण नगर्न आग्रह गरेको हो।
साथै फ्रेब्रअरी १४ पछि केही राष्ट्रबाट भारत आउनेहरूलाई भने १४ दिन सम्म क्वारन्टिनमा राख्ने निर्णय गरेको हो।
भारतकै नागरिक भए तापनि यदि उनीहरू चीन, इटाली, इरान, दक्षिण कोरिया, फ्रान्स, स्पेन र जर्मनीबाट आएका थिए भने उनिहरू १४ दिन सम्म क्वारन्टिनमा बस्न पर्ने भएको छ। एजेन्सी