डोल्पा । राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रमले स्थानीय तहलाई उपकरण हस्तान्तरण गरेको छ । स्थानीय तहको पढाईलाई व्यवस्थित बनाएर राख्नलाई सहज होस भनेर उपकरण हस्तान्तरण गरेको ईजिआरपी कार्यक्रम डोल्पाले जानकारी दिएको छ ।
स्थानीय तहको शिक्षा विकास तथा खेलकुद शाखामा स्थानीय तह भरका सबै विद्यालयको शिक्षाको अवस्थालाई व्यवस्थित गराई राख्नको लागि दुई थान ल्यापटप, एक थान प्रोजेक्टर र एक थान प्रिन्टर सहित झोला प्रदान गरेको ईजिआरपी कार्यक्रम डोल्पाका प्रमुख रनबहादुर कार्कीले जानकारी दिए ।
डोल्पामा पहिलो पटक डोल्पो बुद्ध गाउँपालिका,छाकाताङसोङ गाउँपालिका र काईके गाउँपालिकामा उपकरण जिल्ला समन्वय उपप्रमुख नरबहादुर बुढाले हस्तान्तरण गरेका हुन ।
अधिराज्य भर १४६ वटा स्थानीय तहमा उपकरण वितरण गरिएको ईजिआरपी कार्यक्रम डोल्पाका प्रमुख रनबहादुर कार्कीले जानकारी दिए । उनले भने यसबाट यसबाट शिक्षाका सबै काम व्यवस्थित हुने छन् ।
हाल ईजिआरपी कार्यक्रम सात प्रदेशका १६ जिल्लाका १४६ स्थानीय तहले उपकरण पाएका छन् । यसबाट विद्यालयका सुधार योजना,शैक्षिक अवस्था लगायतका सबै क्रियाकलाप राखिने छ ।