काठमाडौँ । होलीमा ट्राफिक नियम उलङ्घन गर्ने ७ सय भन्दा बढी चालकलाई कारबाही गरिएको छ ।
७६ मोटरसाइकल र ७ सय ११ जना सवारी चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।
मादक पदार्थ सेवन(मापसे) गर्ने, तीन जना सवार भएका मोटरसाइकल र कागजात नबोकेका चालकलाई कारबाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) भीमप्रसाद ढकालले बताएका छन् ।
ड्युटी अनुगमनका लागि खटिइएका १५ वटा टिमले दुर्घटना न्यूनीकरणका लागि सम्झाउने बुझाउने गरेका थिए ।