२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

साबुन पानीले हात मिचिमिची धुने अभियान सञ्चालन

अ+ अ-

विराटनगर । विराटनगर महानगरपालिकाले भारतको सीमा क्षेत्रमा साबुन पानीले हात मिचिमिची धुने अभियान आजदेखि सञ्चालन गरेको छ । महानगरपालिकाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सीमा क्षेत्रमा रेलबाट विभिन्न क्षेत्रबाट आएका यात्रुका लागि नोबेल कोरोना भाइरस (कोभिड–१९) भित्रिन नदिनका लागि सचेतनाका लागि उक्त अभियान सञ्चालन गरेको हो ।

भारतीय रेल्वेको स्थानीय कर्मचारीको समन्वयमा सचेतना तथा सर्तकता अभियान सञ्चालन गरिएको महानगरपालिकाका कार्यवाहक प्रमुख इन्दिरा कार्कीले बताए । उनले सचेतनाका लागि सम्पूर्ण पूर्वतयारी गर्न १९ वटा वडाका अध्यक्ष सम्मिलित समन्वय टोली गठन गरिएको जानकारी दिए ।

प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारीको नेतृत्वमा गठन गरिएको टोलीमा नगरका सबै महाशाखाका प्रमुखहरु रहेका छन् । भाइरसको सङ्क्रमण नहोस् भन्नका लागि सर्तकता अपनाउन टोली गठन गरिएको आज यहाँ पत्रकार सम्मेलन गरी जानकारी दिइयो ।

यो रोगको मुख्य लक्षणमा १००.४ डिग्री ज्वारो आउनु र छाती भारी हुनु मुख्य लक्षण रहेको नगरपालिकाको स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले बताए । यस रोगका लागि आवश्यक पर्ने पारासिटामोल र टिनिडाजोल औषधिको कुनै कमी नभएको उनले बताए ।

यसैगरी नगर क्षेत्रमा रहेका औषधिका थोक बिक्रेतालाई मास्कको भण्डारका अनुगमन कार्य शुरु गरिएको छ । बजारमा मास्कको कृतिम अभाव सिर्जना गरी कालोबजारीमा बिक्री वितरण गरेको गुनासोलाई ध्यानमा राखी बढी मूल्य लिने पसललाई कानूनी कारवाही गरिने प्रशासकीय अधिकृत अधिकारीले उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस