काठमाडौँ । सरकारले आगामी चैतमा गर्ने तय भएको सगरमाथा संवाद कार्यक्रम स्थगित गरेको छ ।
परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले सोमबार पत्रकार सम्मेलन गरी सगरमाथा संवाद स्थगित भएको जानकारी दिएका हुन् ।
आफ्ना कुराहरू विश्व समुदायलाई सुनाउने उद्देश्यका साथ हरेक दुई वर्षमा हुने संवादको पहिलो शृङ्खला अप्रिल २ देखि ४ सम्म काठमाडौँमा गर्ने तय भएकोमा कोरोना भाइरस विश्वव्यापी रूपमा फैलिएको र विश्व स्वास्थ्य सङ्गठन(डब्लूएचओ)ले उच्च जोखिममा राखेपछि सरकारले सगरमाथा संवाद स्थगित गर्ने निर्णय गरेको हो ।