जनकपुरधाम । नेकपा विप्लव समूहको शिक्षक संघका केन्द्रीय उपाध्यक्ष पक्राउ परेका छन् ।
धनुषाको विहारी मिथिला नगरपालिका–३ मिथिलेश्वर घर भएका गौरी नारायण मन्डल धनुषाकै गणेशमान चारनाथ नगरपालिका–५ सखुवनी खोलाबाट पक्राउ परेका हुन् ।
मण्डल महेन्द्रनगर बमकाण्ड, कर्तव्य ज्यान र संगठित अपराधमा संलग्न रहेको प्रहरीको दाबी छ ।
उनीमाथि प्रहरीले अनुसन्धन सुरु गरेको छ ।