३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

किसानहरू व्यावसायिक बन्न आवश्यक छ : क्षेत्रीय निर्देशक पोखरेल

अ+ अ-

डोटी । किसानहरूले कृषि  कार्यलाई व्यावसायिक रूपमा अगाडि बढाउन आवश्यक रहेको क्षेत्रीय कृषि अनुसन्धान केन्द्र दिपायल डोटीका क्षेत्रीय निर्देशक भानुभक्त पोखरेलले बताएका छन् ।

प्रशासन डटकमसँग कुराकानी गर्दै क्षेत्रीय निर्देशक पोखरेलले कृषि पेसालाई सामान्य देखासिकीको व्यवसाय जस्तो नगरी व्यावसायिक रूपमा अगाडि बढाउन सके आर्थिक रूपमा मजबुत हुनुका साथै स्वरोजगार सृजना हुने बताएका हुन् ।

उनले भने, ‘हामीले देखे अनुसार किसानहरूले कृर्षिकार्य गाई, बाख्रा पालन, तरकारी खेती दैनिक घर खर्च चलाउने किसिमले जस्तै गरेको पाइयो । कृषि कार्य व्यावसायिक रूपमा गर्नुपर्छ भन्ने मान्यता थोरै किसानहरूमा मात्र छ, त्यसैले अब किसानहरू व्यवसायी बन्नुपर्ने भावना सबैमा हुनुपर्छ ।’

सुदूरपश्चिमको हावापानी अनुसार कृषिको लागि उपयुक्त छ, जुनसुकै दृष्ट्रिकोणमा पनि सुदूरलाई कृषि पेसाको माध्यमबाट सुन्दर बनाउन सकिने प्रचुर सम्भावना रहेको समेत उनले बताए ।

निर्देशक पोखरेलले सुदूरपश्चिमको प्रदेश तराई क्षेत्रमा धान, गहुँ अन्न बाली, दहलनबाली तथा पहाडी जिल्लामा भौगोलिक बनावट, हावापानी अनुसारको अन्नबाली र पशुपालन कार्यलाई व्यावसायिक रूपमा सञ्चालन गर्न सके सुदूरको समग्र विकासमा सहयोग पुग्ने समेत बताए ।

३४ जना कर्मचारी दरबन्दी रहेको क्षेत्रीय कृषि अनुसन्धान केन्द्रमा हाल १७/१८ जना मात्र कर्मचारी हुँदा योजनाभन्दा बढी कार्य गर्न नसकिएको कर्मचारी पदपूर्तिमा सरकारले पहल गर्नुपर्ने पनि निर्देशक पोखरेलले जोड दिए ।

कृषि कार्यलाई व्यवसायी रूपमा गर्ने योजनाका साथ कुनै किसान दाजुभाइ अगाडी बढे त्यस्ता किसानहरूलाई प्राविधिक सहयोग निःशुल्करुपमा गर्न सकिने व्यवस्था मिलाउने उनको भनाइ छ ।

भावी दिनमा अन्नबाली अनुसन्धानको कार्यलाई थप प्रभावकारी बनाउन कैलाली र कञ्चनपुरलाई लक्षित गरेर एउटा सम्पर्क अनुसन्धान कार्यालय र पहाडी जिल्ला बैतडी, दार्चुला अथवा अछाम, बाजुरालाई लक्षित गरी एउटा सम्पर्क कृषि अनुसन्धान कार्यालय स्थापना गरी अनुसन्धानका कार्य अगाडि बढाइने योजना रहेको कृषि अनुसन्धान केन्द्रले जनाएको छ ।

कृषि अनुसन्धान केन्द्रले हाल विभिन्न जातका गहुँ, धान बाली, फलफूल, तरकारीलाई अनुसन्धानको रूपमा लगाउनुका साथै नेपालको सुदूरपश्चिममा मात्र पाइने नौ मठे गाइलाई समेत अनुसन्धानको लागि केन्द्रमा राखिएको छ । केन्द्रले पछिल्लो समयमा कृषिलाई व्यवसायीकरण गर्न तर्फ जोड दिई रहेको छ ।

प्रतिक्रिया दिनुहोस