२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सबै राजनीतिक दल समृद्धिका लागि एक भएर लाग्नुपर्छ : मन्त्री अर्याल

अ+ अ-

वालिङ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सबै राजनीतिक दल समृद्धिका लागि मिलेर अगाडि बढ्नुपर्ने बेला आएको बताएकी छन् ।

स्याङ्जाको भीरकोट–१ बयरघारीस्थित सिसौघारी खेल मैदानमा जारी दोस्रो भीरकोट महोत्सवको आज समापन समारोहमा मन्त्री अर्यालले विकास र राजनीतिक स्थिरताका लागि लडेका राजनीतिक दलहरु अब एकैठाउँमा उभिएर समृद्धिका लागि लाग्नुपर्नेमा जोड दिइन् ।

‘केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार ‘समृद्ध नेपाल सुखी नेपाली’ को अभियानमा रहेको छ’, मन्त्री अर्यालले भनिन्, ‘सरकारले सबैसँग सहकार्य गर्न चाहन्छ, सरकारले हात फैलाएको छ, विकासका लागि सबैसँग सरकार सँगै हिड्न चाहन्छ ।’

मेला महोत्सवका कारणले यहाँका सम्भावनाको पहिचान गर्दै आन्तरिक तथा बाह्य पर्यटकहरु भित्र्याउँदै आर्थिक विकास गर्नमा टेवा पुग्ने मन्त्री अर्यालको भनाइ थियो । ‘आर्थिक उन्नति र प्रगतिका लागि यस प्रकारका मेला महोत्सवले महत्वपूर्ण भूमिका खेलेका छन्’, मन्त्री अर्यालले भनिन्, ‘सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्न तयार छ ।’

भीरकोट उद्योग वाणिज्यसंघको आयोजनामा ‘समृद्ध भीरकोट महोत्सवको आधार, कृषि, पर्यटन, आँधीखोलाको उपहार’ भन्ने मूल नाराका साथ प्रादेशिक, औद्योगिक, कृषि, पर्यटन, सांस्कृतिक, सूचना प्रविधि तथा व्यापार मेला दोस्रो भीरकोट महोत्सव–२०७६ आज समापन भएको हो ।

महोत्सवमा आँधीखोलाको संरक्षण र यसको जैविक विविधतासम्बन्धी जानकारी, नगरपालिका क्षेत्रभित्र रहेका घरबास, प्याराग्लाइडिङ तथा ऐतिहासिक भीरकोट दरबार र पर्यटकीय सम्भावना भएका क्षेत्रको प्रवद्र्धन गर्नमा सघाउ पुर्‍याएको मेला मूल आयोजक समितिका संयोजक भक्तबहादुर केसीले बताए ।

प्रतिक्रिया दिनुहोस