सुनको मूल्यमा नयाँ रेकर्ड, पुग्यो तोलाको ७७ हजार ६ सय रुपैयाँ « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

सुनको मूल्यमा नयाँ रेकर्ड, पुग्यो तोलाको ७७ हजार ६ सय रुपैयाँ


८ फाल्गुन २०७६, बिहिबार


काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले एकपछि अर्को गर्दै नयाँ कीर्तिमान बनाइरहेको छ। बिहीबार छापावाला सुनको मूल्यले ७७ हजार ६ सयमा पुगेर ऐतिहासिक रेकर्ड बनाएको छ।

बुधबार प्रतितोला ७७ हजार १ सय पुगेर नयाँ रर्कड बनाएको सुनको मूल्यले बिहीबार भने ५ सयले बढेर फेरि अर्को रेकर्ड बनाएको हो।

त्यसैगरी, तेजाबी सुनको मूल्य ७७ हजार ३ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ।

चाँदीको मूल्य पनि १० रुपैयाँले बढेको छ। बुधबार प्रतितोला ९ सय ५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज ९ सय १५ रुपैयाँमा कायम छ। अहिले अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य बढेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस