चोरीको मोटरसाइकलसहित दुई पक्राउ « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

चोरीको मोटरसाइकलसहित दुई पक्राउ


४ फाल्गुन २०७६, आइतबार


काठमाडौं । चोरीका मोटरसाइकलसहित पक्राउ परेका दुई जनालाई आज महानगरीय ट्राफिक प्रहरी महाशाखाले सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा धादिङ थाँक्रेका विमल तामाङ र सानुकान्छा तामाङ रहेको महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए । मोटरसाइकल धनीको निवेदनका आधारमा खोजी गर्ने क्रममा उनीहरुलाई विभिन्न ठाउँबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । एक जनाले माघ २८ र अर्का मोटरसाइकल धनीले ३० गते मोटरसाइकल हराएको भन्दै निवेदन दिएका थिए ।

प्रहरीले विमललाई ललितपुरको एकान्तकुनाबाट र सानुकान्छालाई धादिङको सिम्लेफाँटबाट पक्राउ गरिएको हो । उनीहरुको साथबाट प्रहरीले मोटरसाइकलसमेत बरामद गरेको छ । यस्तै अर्को दुई चोरीको मोटरसाइकलसमेत फेला परेको प्रहरीले जानकारी दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस