२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नगरपालिकाका कर्मचारी र जनप्रतिनिधि भ्रमणमा, कामकाज ठप्प

अ+ अ-

भोजपुर । भोजपुर नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारी भ्रमणमा हिँडेपछि सेवा प्रवाहमा समस्या भएको छ । नगरप्रमुख कैलाशकुमार आले, उपप्रमुख ममिता राई, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुङ्गेल, लेखाप्रमुख सुरेन्द्रकुमार श्रेष्ठ, चारजना वडाध्यक्ष, प्राविधिक, कम्प्युटर अपरेटर गरी १७ जनाको टोली भ्रमण हिडेँपछि दैनिक कामकाजमा समस्या भएको हो ।

वडा नं ६ का वडाध्यक्ष शैलेन्द्र कार्कीले नगर कार्यपालिकाको बैठकमा भ्रमणका विषयमा कुनै पनि निर्णय नभएकाले आफूलाई कुनै पनि जानकारी नभएको बताए । वडाध्यक्ष कार्कीले भने, ‘मेयर, उपमेयर, प्रमुख प्रशाकिय अधिकृत, लेखा अधिकृत चारजना वडाध्यक्ष प्राविधिकलगायत १७ जना भ्रमणमा हुनुहुन्छ, तर भ्रमणको विषयमा कार्यापालिका बैठकबाट निर्णय भएको मलाई जानकारी छैन, उहाँहरु नहुँदा सेवा प्रवाहमा समस्या त धेरै नै छ ।’

गत आइतबारदेखि भ्रमणमा गएको भए पनि कहिले फर्कने भन्ने थाहा नभएको कार्यालयका एक कर्मचारीले बताए । कार्यालयमा सेवा लिनका लागि आएका आङपासाङ शेर्पाले भने, ‘जनप्रतिनिधि तथा कर्मचारी काम नै ठप्प पारेर जानु भनेको लापरवाही हो, भ्रमणमा गएको विषयमा अन्य कर्मचारीलाई समेत थाहा छैन, यस्तो पनि हुन्छ ?’

कार्यालयका अधिकांश शाखा कर्मचारीविहीन छन् । कार्यालयमा सम्झौताको काम भइरहेको भए पनि आर्थिक कारोवार भने ठप्प रहेको छ । इन्जिनीयर अरुण हमालले भने, ‘मलाई काम गर्दै गर्नु भनेर मौखिक रुपमा भनेकाले काम गरिरहेको छु तर लिखित रुपमा प्रमुख प्रशासकीय अधिकृतले जानकारी दिनुभएको छैन ।’

नगरप्रमुख, प्रशाकीय अधिकृत तथा अन्य जिम्मेवार कर्मचारीबाहिर गएको विषयमा सामाजिक सञ्जालबाट थाहा पाएको कर्मचारीले बताएका छन् । साथै उनीहरुले कति दिने भ्रमण हो भन्ने समेत थाहा नभएको बताए । कार्यालयका कर्मचारी शुक्रबहादुर राईले भने, ‘कति दिने भ्रमण हो त्यो थाहा छैन, भ्रमणमा रहेको विषयमा मलाई पनि सामाजिक सञ्जालबाट मात्र थाहा भएको हो, अरू कुरा मलाई केही थाहा छैन ।’

प्रतिक्रिया दिनुहोस