२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुशासन ल्याउन प्रमुख दलहरु एकजुट हुनुपर्छ : प्रदेश प्रमुख प्रसाईं

अ+ अ-

हेटौँडा । वाग्मती प्रदेशका प्रमुख विष्णुप्रसाद प्रसाईंले मुलुकमा सुशासन स्थापनाका लागि प्रमुख दल एकजुट हुनुपर्ने बताएका छन् ।

प्रदेश सरकारको दोस्रो वार्षिकोत्सव समारोहलाई आज यहाँ उद्घाटन गर्दै उनले भने, ‘मुलुकको विकास र समृद्धिका लागि भ्रष्टाचार न्यूनीकरण र सुशासन स्थापनाका लागि प्रमुख दलहरुले आपसी मनमुटाव त्यागेर एकजुट हुनुपर्छ ।’

प्रमुख प्रसाईंले जनचाहना अनुरुप विकास निर्माणको कार्यलाई आगाडि बढाउन प्रदेश सरकारले सबै पक्षसँग समन्वय र सहकार्य गर्नुपर्नेमा जोड दिए।

मुख्यमन्त्री डोरमणि पौडेलले कम्तीमा एउटा सामुदायिक विद्यालयमा एक जना हुने गरी प्रदेशका ११९ स्थानीय तहमा एक एकजना विद्यालय नर्सको व्यवस्था गरिएको उल्लेख गर्दै कृषि, पर्यटन, उद्योग विस्तारलगायत पशुपालन क्षेत्रलाई उच्च प्राथमिकताको साथ प्रदेशको १३ जिल्लामा ‘मुख्यमन्त्री नमूना कार्यक्रम’ सञ्चालन गर्न लागिएको जानकारी दिए ।

उनले विकासको पूर्वाधार सडक निर्माण मात्रै नभई प्रदेशको कृषि, उद्योग, वन, पर्यटन, स्वास्थ्य, शिक्षा, खानेपानी, विद्युत् र सञ्चार क्षेत्रको विकास पनि भएकाले प्रदेश सरकारले यसलाई गम्भीरताका साथ कार्यान्वयन ल्याएको छ भने ।

सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाले विभिन्न ५१ वटा विधेयक पारित गरिएको र तीमध्ये ४८ वटा प्रमाणीकरण भएको उल्लेख गर्दै प्रदेशमा शान्तिसुरक्षा, सुशासन र आर्थिक समृद्धिका लागि एकीकृत कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए ।

आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले प्रदेशभित्रका सीमित स्रोतसाधनलाई सदुपयोग गरी राष्ट्रिय गौरवको आयोजना, सडक सञ्जाल, कृषि, भूमि सुधारलगायत विभिन्न योजनालाई यसै चालु आवभित्र कार्यान्वयन गर्नेतर्फ अग्रसर रहेको बताए ।

कार्यक्रममा प्रदेश प्रमुख प्रसाईं र मुख्यमन्त्री पौडेलले दोलखा, सिन्धुपाल्चोक, रामेछाप, धादिङ र मकवानपुरका छनोट भएका उत्कृष्ट गाउँपालिकाका प्रमुख र चितवनको माडी नगरपालिकाका प्रमुखलाई नगदसहित कदरपत्रद्वारा सम्मान गरे ।

त्यस्तै, कार्यक्रममा राष्ट्रिय समाचार समिति (रासस) मकवानपुरका समाचारदाता रिपेश दाहाललाई नगद २५ हजारसहित सम्मानपत्रद्वारा सम्मान गरेका छन् । सो अवसरमा प्रदेश सरकारका विभिन्न कार्यालयका २० जना कर्मचारीलाई पनि नगद र प्रमाणपत्र प्रदान गरिएको छ ।

सार्क विजेता खेलाडीलाई नगदसहित सम्मान

प्रदेश प्रमुख प्रसाईं र मुख्यमन्त्री पौडेलले तेस्रो सार्क खेलकूद प्रतियोगितामा वाग्मती प्रदेशका विजयी खेलाडीलाई पनि नगद र प्रमाणपत्रद्वारा सम्मान गरे ।

सो प्रतियोगितामा स्वर्ण, रजत र कास्य पदक प्राप्त गर्ने खेलाडीलाई क्रमशः रु एक लाख, ५० हजार र २५ हजार नगदसहित प्रमाणपत्र वितरण गरिएको वाग्मती प्रदेश सरकारको सचिवालयका अधिकृत अशेष खड्काले बताए ।

समारोहमा प्रदेश प्रमुख प्रसाईंले वाग्मती प्रदेश सरकारद्वारा प्रकाशित सरकारको दुईवर्षे कार्ययोजनाको पुस्तकको पनि विमोचन गरे।रासस

प्रतिक्रिया दिनुहोस