२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

श्रमलाई उत्पादनसँग नजोड्दासम्म समृद्धि आउँदैन : मन्त्री भट्ट

अ+ अ-

कञ्चनपुर । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले श्रमलाई उत्पादनसँग नजोड्दासम्म समृद्धि आउन नसक्ने बताएका छन् । आज कञ्चनपुरको शुक्लाफाँटा नगरपालिमा १२औँ राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्नुहुँदै उनले औद्योगीकरण नगरी ‘सुखी नेपाली, समृद्ध नेपाल’को नारा पूरा हुन नसक्ने बताए ।

उनले कृषिमार्फत देशलाई औद्योगीकरणतर्फ लैजानुपर्ने आवश्यकता रहेको चर्चा गर्दै हिजोका दिनमा कृषि उत्पादन निर्यात गरिन्थ्यो, आज आयात गर्न थालिएको छ । त्यसैले कृषिमा देशलाई आत्मनिर्भर बनाउनका लागि योजनाबद्धरूपमा अगाडि बढ्नुपर्ने बताए ।

उनले लगानीकर्तालाई आकर्षित गर्न र विकासका निम्ति सरकारले कार्यक्रमहरु अगाडि बढाएको बताए । मन्त्री भट्टले भने, ‘राष्ट्रिय गौरवका योजनालाई सरकारले अगाडि बढाएको छ । जलविद्युत्, यातायात र पर्यटनका क्षेत्रको विकासमा लागेका छौँ ।’ दोधारा–चाँदनी सुक्खा बन्दरगाह स्थापनाको काम अगाडि बढाउनका लागि भारत सरकारका सहसचिव, सचिव र मन्त्रीस्तरमा छलफल भएको उल्लेख गर्दै बन्दरगाह निर्माणका लागि कटिबद्ध रहेको बताए ।

उनले विश्व व्यापारसँग नजोडिँदासम्म देशमा विकास हुन नसक्ने बताए । दैजी औद्योगिक क्षेत्र र दोधारा–चाँदनी सुक्खा बन्दरगाहलाई औद्योगिक कोरिडोरका रूपमा अगाडि बढाइने उनको भनाइ छ । ‘मुक्तकमैया, आरक्षपीडित, मुक्तहलिया, सुकुम्वासीलगायतको समस्या समाधान गर्नका लागि नयाँ भूमि ऐन बनेको छ’, उनले भने, ‘भूमि ऐन प्रमाणीकरणपछि ऐन कार्यान्वयनका लागि कार्यविधि र निर्देशिका बनाई ऐलानी पर्ति जग्गाको समस्यासमेत समाधान हुन्छ ।’

मध्यपहाडी लोकमार्ग, पश्चिम सेती जलविद्युत् परियोजना, माथिल्लो कर्णाली जलविद्युत् परियोजनाको कार्य सरकारले अगाडि बढाएको उनले बताए । विकास एक पार्टीका लागि होइन, विकास सबैका लागि भएकाले सबैको एकबद्धताको खाँचो रहेको उनले बताए। खेलकूदले स्वास्थ्य समाज निर्माणसँगै संस्कारी समाजको निर्माण गर्ने उनको भनाइ छ । प्रतिनिधिसभाका सांसद नरबहादुर धामीले यस क्षेत्रमा पर्यटन विकासका लागि हवाइ सेवालाई विस्तार र भरपर्दो बनाउनुपर्नेमा जोड दिए।

तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा नगरपालिका क्षेत्रभित्र रहेका १८ माध्यमिक विद्यालय, १३ सामुदायिक विद्यालय, पाँच सामुदायिक विद्यालयका गरी २ हजार १८ खेलाडी सहभागी भएका छन् । छात्रछात्राका गरी ५० इभेन्टमा एथलेटिक्सका १३ खेलसहित २५ खेल खेलाइनेछन् । ५० स्वर्ण, ५० रजत र ६४ कास्य पदकका लागि प्रतियोगितामा प्रतिस्पर्धा हुने छ । प्रतियोगिता सञ्चालनका लागि नगरपालिकाले रु ८ लाख बजेट विनियोजन गरेको छ ।रासस

प्रतिक्रिया दिनुहोस