२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु

अ+ अ-

काठमाडौं । मोरङ, रुपन्देही र पर्साका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ ।

मोरङको सुन्दरहरैचा नगरपालिका-४ दुलारीस्थित सडकमा को.१ ख ३२०२ नम्बरको बसले को.३९ प ७६०७ नम्बरको स्कुटरलाई बिहीबार साँझ ठक्कर दिँदा गम्भीर घाइते भएका स्कुटर चालक सोही नगरपालिका-१० बस्ने ४१ वर्षीय बुद्धिमान राईको घोपा अस्पताल धरानमा उपचारको क्रममा मृत्यु भएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी रुपन्देहीको देबदह नगरपालिका-१० स्थित सडकमा लु.३८ प ४५५४ नम्बरको मोटरसाइकल र लु.१ ज ३०९० नम्बरको भ्यान एक-आपसमा ठक्कर खाई बिहीबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक रुपन्देही केरवानी-२ बस्ने ३६ वर्षीय प्रकाश भट्टराईको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको छ । भ्यान र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पर्साको वीरगंज महानगरपालिका-१२ मुर्ली चोकस्थित सडकमा पनि बा.१५ च ७७७१ नम्बरको स्कार्पियो गाडी अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका चालक बारा परमानिपुर गाउँपालिका-५ बहुअरी बस्ने आकास पटेलको नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका सोही गाडीमा सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ भने १ जनालाई थप उपचारको लागि न्यूरो अस्पताल वीरगंज रिफर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस