रौतहट । प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाका दुई नेता रौतहटबाट पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा विप्लव समूहका रौतहट जिल्ला सेक्रेटरी सिर्जना शाही र जिल्ला सदस्य दुर्गा बल छन् ।
उनीहरू चन्द्रपुर नगरपालिका–३, को इपिलघारीबाट नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय, चन्द्रनिगाहपुरले जनाएको छ ।