सुनको मूल्य बढ्यो, आज तोलाको कति ? « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

सुनको मूल्य बढ्यो, आज तोलाको कति ?


१३ माघ २०७६, सोमबार


काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु ५०० ले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला रु ७६ हजार र तेजाबी सुनको मूल्य प्रतितोला रु ७५ हजार ५०० पुगेको छ ।

गत शुक्रबारको तुलनामा आइतबार सुन प्रतितोला रु ३०० ले बढेर छापावाला सुन प्रतितोला रु ७५ हजार ५०० र तेजाबी सुन प्रतितोला रु ७५ हजार २०० मा खरिद बिक्री भएको थियो ।

स्थानीय बजारमा चाँदीको मूल्य पनि प्रतितोला रु ५ ले वृद्धि भएको छ । महासङ्घले चाँदीको मूल्य प्रतितोला रु ९०० निर्धारण गरेको छ ।

माघमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको हो । यसअघि गत पुस २३ गते छापावाला सुनको मूल्य प्रतितोला रु ७६ हजार ५०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ७६ हजार २०० पुगेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस