अरुण तेस्रो जलविद्युत् आयोजना स्थलमा बम विस्फोट « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

अरुण तेस्रो जलविद्युत् आयोजना स्थलमा बम विस्फोट


१२ माघ २०७६, आइतबार


संखुवासभा । निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजना स्थलमा बम विस्फोट भएको छ । आइतबार बिहान चिचिला गाउँपालिका–३ स्थित आयोजनाको जलविद्युत् गृह छेउमा कुकर बम विस्फोट भएको भएको हो ।

विस्फोटबाट आयोजनाको जेनेरेटरमा क्षति पुगेको छ भने नजिकै रहेको पर्खालमा पनि क्षति पुगेको छ।

प्रहरीले अहिलेसम्म कसैलाई पनि पक्राउ गरेको छैन्। घटनास्थलमा कुकरका टुक्राहरु भेटिएका छन्।

विस्फोटमा प्रतिबन्धित चन्द समूहका कार्यकर्ताको संलग्नता रहेको आशंका गरिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस