सलमान र रणवीरलाई पछि पार्‍यो देवगनको ‘तानाजी’ले, छोटो समयमै दुई सय करोड नाघ्यो कमाइ (भिडियोसहित) « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

सलमान र रणवीरलाई पछि पार्‍यो देवगनको ‘तानाजी’ले, छोटो समयमै दुई सय करोड नाघ्यो कमाइ (भिडियोसहित)


१२ माघ २०७६, आइतबार


काठमाडौँ । वक्सअफिसमा अजय देवगनको पछिल्लो रिलिज ‘तानाजी’द अनसङ वारियरुको कमाइ दुई सय करोड नाघेपछि सलमान र रणवीर पछि परेका छन् ।

सिनेमा रिलिजको तेश्रो शुक्रबारनै यसले दुइईसय करोड कमाइ गरेको छ । यो अझै रफ्तारमा बढीरहेको छ । सिनेमाको यो कमाइको सिलसिला कायम रहे यसले नयाँ मानक बनाउने अनुमान गर्न गरिएको छ ।

सिनेमाले कमाइको मामिलामा तेश्रो सातामा यसअघि रणविर कपुर स्टारर ‘संजयु तथा ऋतिक रोशन स्टारर’ वारुको कमाइलाई समेत पछाडी पारेको छ। यतिमात्र होइन सिनेमाले सलमान खानको ‘टाइगर जिन्दा है’लाई समेत पछाडी पारिदिएको छ। सिनेमामाथि वरूण धवन तथा श्रद्धा कपुर स्टारर ‘स्ट्रिट डान्सरःथ्रीडी’को समेत कुनै असर देखिएको छैन।

रिलिजको तेश्रो सातामै सर्वाधिक कारोबार गर्ने सिनेमाको सूचिमा आफूलाई पाँचौ स्थानमा अटाउन सफल भएको छ। यो सूचिको पहिलो स्थानमा बाहुबली –२ १०.०५ करोड भारू सहित रहेको छ भने त्यसपछि क्रमशः पिके, संगल, कबीर सिंह रहेका छन्। उनीहरूले तेश्रो शुक्रबार क्रमशः ६.८५, ६.६६ र ५.४० करोड भारू कमाएका थिए।

पाँचौ स्थानमा रहेको तानाजीले तेश्रो शुक्रबार ५.३८ करोड भारु कमाएको छ। योसँगै सिनेमाले १५ दिनमा दुई सय करोड भारू कमाइ गर्न सफल भएको छ। शुक्रबारसम्म सिनेमाको कुल कमाइ २०२.८३ करोड भारु पुगेको छ।

भिडियो :

Tags :
प्रतिक्रिया दिनुहोस