२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाबुराम, उपेन्द्र र अशोकलाई प्रचण्डको प्रस्ताव : निरीह भएर बस्नुभन्दा नेकपामा आउनुस्

अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राईलाई नेकपामै मिल्न आउन आग्रह गरेका छन् ।

समाजवादी पार्टी छोडेर नेकपा प्रवेश गरेका नेता कार्यकर्तालाई बुधबार आफ्नै निवास खुमलटारमा पार्टी प्रवेश गराउँदै प्रचण्डले अलग चुला चौका राखेर कुनै पनि पार्टी बलियो नहुने भन्दै नेकपामा आउन आग्रह गरेका हुन्।

नेकपा प्रवेशी नेता कार्यकर्ताले समाजवादी पार्टीभित्र डा. बाबुराम भट्टराई, अशोक राईलगायत नेता निरिह रहेको बताएपछि प्रचण्डले नेकपामा आउन आग्रह गरेका हुन्।

‘पार्टी प्रवेश गर्न आउनु भएका साथीले सुनाउनु भयो, समाजवादी पार्टीमा अशोक राई, बाबुराम भट्टराईलगायत नेता पनि निरीह भएको अवस्था भएको भन्ने कुरा छ’, उनले भने, तर त्यो सत्य नै होला, मलाई सबै थाहा त छैन, ती साथीहरु र उपेन्द्र जी पनि अब धेरै झमेला गर्नुभन्दा यहीँ मिल्न आए बरु राम्रो हुन्छ भनेर उहाँहरुलाई पनि त्यो भन्न चाहन्छु ।’

अध्यक्ष प्रचण्डले देशलाई सबै मिलेर समृद्धि दिनुपर्ने र जनतालाई विकासको नयाँ युगतिर लैजान अब अलग-अलग चुलो चौका लगाउन नहुने बताए । कार्यक्रममा नेकपाका वरिष्ठ नेता माधव नेपालले नेकपा बाहेक अन्य राजनीतिक पार्टीले देशको विकास गर्ने नसक्ने जिकिर गरे। उनले विधि पद्धतिमा चल्ने पार्टी नेकपा भएकोले पार्टीमा आउन अन्य राजनीतिक दलमा रहेका नेता कार्यकर्तालाई आह्वान गरेका हुन्।

प्रतिक्रिया दिनुहोस