३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भवन संहिता लागु गर्न स्थानीय सरकारलाई सुझाव

अ+ अ-

डोटी । डोटी जिल्लामा रहेका स्थानीय तहहरूलाई प्रत्येकले आफू सम्बन्धित स्थानीय तहमा भवन संहिता लागु गर्न सुझाव दिएका छन् ।

‘भूकम्पबाट सुरक्षित पूर्वाधार, दिगो सुख समृद्धिको आधार’ भन्ने मूल नाराका साथै २२ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा जिल्ला सदरमुकाम सिलगढीमा आयोजित दिवस समारोहमा सहभागीहरूले सो सुझाव दिएका हुन् ।

कमजोर भौतिक संरचनाका कारण २०७२ साल वैशाख १२ गएको विनाशकारी भूकम्पका कारण हजारौँ नेपाली दाजुभाइहरूले अकालैमा ज्यान गुमाउनु परेको घटनाको स्मरण गराउँदै दिवस समारोह कार्यक्रममा बोल्ने अधिकांश सहभागीहरूले स्थानीय सरकारले निमार्ण गर्ने तथा गराउने सबै प्रकारका भौतिक संरचनाहरुमाम अनिवार्य रूपमा भवन संहिता लागु गराउन सुझाव दिएका हुन् ।

नेपालमा निर्माण भएका संरचनाहरू विपद सहन सक्ने क्षमताका नहुँदा ठुलो मात्रमा धनजनको क्षति हुने गरेको सघन सहरी तथा भवन निमार्ण आयोजना दिपायलका प्रमुख दीपक श्रेष्ठले बताए । उनले भने, भूकम्प जाँदा मानिसहरू भूकम्पको कारणले नभई हामीले निमार्ण गरेका असुरक्षित भवनको कारणले मृत्यु हुने गरेको समेत बताए ।

सरकारी कार्यालय, घर, होटेल, विद्यालयका भौतिक संरचना निमार्ण गर्दा आवश्यक मापदण्ड पुरा गरेर निमार्ण गर्नुपर्ने दिपायल सिलगढी नगरपालिकाका उप प्रमुख शिवराज खड्काले बताए । उनले भने प्राकृतिक प्रकोप भूकम्प, बाढी पहिरो, आगलागी, हावाहुरी जस्ता कुराहरू जानकारी गराएर आउदैनन त्यसैले यस्ता जोखिमहरूबाट बच्नको लागि भवन निमार्ण संहिता पालना गर्नु पर्ने बताए । दिपायल सिलगढी नगरपालिकामा अब बन्ने सम्पूर्ण भौतिक संरचना भवन संहिता पालन गरेर निमार्ण पहल गर्ने समेत बताए ।

दिवस समारोहको बिचमा नेपाली सेना, नेपाल रेडक्रस सोसाइटीले भूकम्प गईसकेपछी कसरी छिटो, छरितो र सहज रूपमा उदार गर्न सकिन्छ भन्ने घटनामा आधारित कृत्रिम घटना अभ्यास समेत प्रदर्शन गरिएको थियो ।

जिल्ला प्रशासन कार्यालयले आयोजना गरेको दिवस समारोह कार्यक्रमलाई दिपायल सिलगढी नगरपालिका, वल्र्ड भिजन नेपाल, सामुदायिक विकास केन्द्र डोटीले सहयोग गरेको थियो । वि.सं. १९९० माघ २ गते भूकम्प गएको सम्झनामा आज देशभर विभिन्न कार्यक्रमको आयोजना गरी राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाएको हो ।

2

प्रतिक्रिया दिनुहोस