स्वास्थ्यका ३ सय २५ कर्मचारीको समायोजन सच्चियो (सूचीसहित) « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

स्वास्थ्यका ३ सय २५ कर्मचारीको समायोजन सच्चियो (सूचीसहित)


२ माघ २०७६, बिहिबार


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समायोजनमा गुनासो परेका ३ सय २५ कर्मचारीको समायोजन सच्याएको छ ।

समायोजनमा अपायक परेर निवेदन दिएकामध्ये स्थानीय तहमा रिक्तता तथा पालिकाको सिफारिसको आधारमा आवश्यकताअनुसार समायोजन सच्याएको हो ।

मन्त्रालयले बुधबार सार्वजनिक गरेको समायोजन सच्चाइएको लिष्टमा अनमी, हेल्थ असिष्टेन्ट, पब्लिक हेल्थ, नर्स, अहेब, सी अहेब लगायतको छ । विशेष गरी नाम पदका कारण समायोजनमा समस्यामा रहेकालाई सच्याएर समायोजन लिष्ट निकालिएको मन्त्रालयले जनाएको छ ।

यसअघिको समायोजनमा सामान्य प्रसाशन मन्त्रालयले विभिन्न समयमा दिइएका नाम पदलाई नमान्ने भनेपछि समस्या सिर्जना भएको थियो । स्वास्थ्य तथा जनसंख्यामन्त्री भएर भानुभक्त ढकाल आएपछि उनले मन्त्रिपरिषदबाट नाम पदको विवाद समाधान गरेसँगै समायोजन अगाडि बढेको हो ।

हेर्नुस् सुची

Tags :
प्रतिक्रिया दिनुहोस