३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जन्मदर्ताका लागि दुई लाख घुस !

अ+ अ-

काठमाडौं । नेपालका संविधानमा मौलिक हकको रूपमा ‘बालबालिकाको हक’को व्यवस्था गरिएको छ । उक्त व्यवस्थामा प्रत्येक बालबालिकालाई आफ्नो पहिचान सहित नामकरण र जन्मदर्ताको हक हुनेछ भन्ने उल्लेख छ ।

मौलिक हकले व्यवस्था गरेको जन्मदर्ताको प्रमाण पत्र लिन पनि घुस दिनु पर्छ भन्दा विश्वास नलाग्न सक्छ, तर सप्तरीमा यस्तै भएको छ । जन्मदर्ताको प्रमाण पत्र बनाइदिए वापत २ लाख घुस लिएको आरोपमा सप्तरीको महादेवा गाँउपालिका-६ का वडासचिव नवोनाथ मिश्रविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्धा दायर भएको छ ।

जन्मदर्ता प्रमाण पत्र बनाइदिने प्रयोजनका लागि घुस मागेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिइसकेको अवस्थामा मिश्रलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो ।

अनुसन्धानको क्रममा वडासचिव मिश्रले आफ्नो जिम्मेवारी र पदीय दायित्व विपरीत सेवाग्राहीको जन्म दर्ता बनाइदिन उक्त घुस रकम लिइसकेको पुष्टि हुन आएकोले बुधबार मुद्धा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

मिश्रलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम सजाय हुन मागदाबी आरोपपत्र दायर गरिएको कोइरालाले बताए ।

प्रतिक्रिया दिनुहोस