२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गुठी संस्थान जनकपुरका तत्कालीन प्रमुखसहित छ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अ+ अ-

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुठी संस्थान शाखा कार्यालय जनकपुरका तत्कालीन प्रमुख राजबाबु पाण्डेसहित ६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले पाण्डेसहित गुठी संस्थान जनकपुरका सहायक प्रशासक मनोजकुमार आचार्य, वरिष्ठ लेखा सहायक हरिचन्द्र भुसाल, विचौलिया सुमनकान्त ठाकुर, नक्कली मोही गायत्रीदेवी जयसवाल र उनका छोरा सत्रुधन जयसवालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

धनुषाको साविक भरतपुर गाविसमा नेपाली सेनाको लागि अधिग्रहण भएको गुठी संस्थानको जग्गामा कीर्ते मोही खडा गरी मुआब्जा वितरण गरी विचौलिया र आफूले समेत कमिसन लिएको आरोपमा उनीहरुमाथि भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारका प्रवक्‍ता प्रदीप कोइरालाले जानकारी दिए ।

दुई जना मोही खडा गरी कार्यालयले मुआब्जा भुक्तानी दिएको र विचौलियाले उनीहरुसँग कमिसन लिई कर्मचारीलाई पनि बाँडेको देखिएको अख्तियारको भनाइ छ । अख्तियारले कार्यालय प्रमुख पाण्डेविरुद्ध १९ लाख ३० हजार रुपैयाँ भ्रष्टाचार गरेको अभियोग लगाएको छ ।

त्यस्तै गुठी संस्थान जनकपुरका तत्कालिन सहायक प्रशासक मनोजकुमार आचार्यले ६ लाख ५० हजार, वरिष्ठ लेखा सहायक हरिचन्द्र भुसालले ४ लाख ३० हजार रुपैयाँ, विचौलिया सुमनकान्त ठाकुरले पटक(पटक गरी ६३ लाख ३६ हजार ६६७ रुपैयाँ लिएको अख्तियारले जनाएको छ । ठाकुरले मोहीलाई मुआब्जा रकम भुक्तानी गराउन बिचौलियाको भूमिका निर्वाह गरी मोहीलाई दबाबमा पारी कर्मचारीहरुलाई प्रलोभनमा राखी लिनेखाने गरी घुसररिसवत लिएरदिएको अख्तियारको भनाइ छ ।

नक्कली मोही गायत्री देवी जयसवाल र उनका छोरा शत्रुधन जयसवालले गुठी संस्थान शाखा कार्यालय जनकपुरबाट रकम लिई विचौलिया सुमनकान्त ठाकुरलाई र गुठी संस्थानका कर्मचारीलाई कमिसन दिएका थिए ।

गुठी संस्थान जनकपुर कार्यालयले २०६९ जेठ १६ गते गायत्रीदेवीलाई ७७ लाख १ हजार ६६७ रुपैयाँ र असार २७ गते सत्रुधनलाई १२ लाख ५० जार रुपैयाँ भुक्तानी गरेको थियो । सत्रुधनले लिएको १२ लाख ५० हजार रुपैयाँमध्ये ठाकुरले विचौलियाको भूमिका निर्वाह गरिदिएवापत ७ लाख ३५ हजार रुपैयाँ लिएका थिए । ठाकुरले लिएको रकम गुठीसंस्थानका कर्मचारीसम्म पुगेको अख्तियारले जनाएको छ ।

त्यस्तै गायत्रीदेवीले लिएको ७७ लाख १ हजार ६६७ रुपैयाँ मुआब्जामध्ये ठाकुरलाई२ कमिसनबापत ५६ लाख १ हजार ६६७ रुपैयाँ दिएकी थिइन् । जुन रकम कर्मचारीलाई पनि बाँडिएको थियो ।

प्रतिक्रिया दिनुहोस