२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नक्कली लाइसेन्स बनाउने गिरोह पक्राउ

अ+ अ-

काठमाडौं । स्मार्ट सवारी चालक अनुमतिपत्र र सरकारी कार्यालयका कर्मचारीको परिचयपत्र नक्कली बनाइ बिक्री गरेको आरोपमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय अपराध नियन्त्रण महाशाखा र ट्राफिक प्रहरी महाशाखाको संयुक्त टोलीले उनीहरुलाई काठमाडौँको विभिन्न ठाउँबाट पक्राउ गरेको हो । पक्राउपर्नेमा सर्लाहीका दीपक ब्लोन, वुद्धिबहादुर रोक्का, काठमाडौँ बौद्धका अशोक कार्की, बाराको सिमराका मोहन यादव र काठमाडौँको लाजिम्पाटका कुमार तण्डुकार रहेको मशाखाकाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए ।

पुस १५ गते पुतलीसडकबाट दीपक ब्लोनसँग नक्कली स्मार्ट लाइसेन्स फेला पारी सोधपुछ गर्दा उक्त गिरोह संलग्न रहेको फेला परेको हो । प्रहरीका अनुसार सुवास भन्ने बुद्धिबहादुर रोक्काले न्यूरोडस्थित आफ्नो आशिष स्टुडियोमा डिजाइनिङ गरी काठमाडौँको न्यूरोडस्थित फोटो कन्सर्न प्रालिबाट नक्कली सवारी अनुमतिपत्र निकाल्ने गरेको खुल्न आएको छ । नक्कली लाइसेन्स बनाउन रोक्काले रु ३० हजार लिने गरेको खुल्न आएको छ ।

रोक्काबाट दीपक ब्लोनको नामको स्मार्ट लाइसेन्स, विभिन्न व्यक्तिको नक्कली सवारी चालक अनुमतिपत्र, नागरिकताका प्रमाणपत्र, भारत सरकारको आधार कार्ड बरामद भएको छ । फोटो कन्सर्न प्रालिले विभिन्न व्यक्तिको सरकारी लिखत डिजाइन गरी बिक्री गर्ने गरेकासमेत प्रहरीले जनाएको छ ।

अनुसन्धानका क्रममा लक्ष्मण झाँक्रीको नामको सवारी चालक अनुमतिपत्र, निजकै नामको सशस्त्र प्रहरी जवानको परिचयपत्र, विभिन्न कलेजको परिचयपत्र, प्रिन्टर, हाडड्राईभ सर्वरसमेत बरामद गरिएको छ ।