३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

फष्टाउँदै व्यावसायिक च्याउखेती

अ+ अ-

भीमदत्तनगर । थोरै लगानीमा मनग्य आम्दानी हुन थालेपछि कञ्चनपुरको दक्षिणी क्षेत्रका किसान च्याउखेतीतर्फ आकर्षित हुँदै गएका छन् । यहाँको बेलौरी नगरपालिका–५ सुर्दशनपुरका किसान समूह र एकलरुपमा व्यावसायिकरुपमा च्याउखेती गरिरहेका छन् ।

३ वर्षदेखि गाउँमा हजारी आइपिएम कृषक समूह बनाएर यहाँका महिला च्याउखेती गरेर मनग्य आम्दानीसमेत गरिरहेको स्थानीय किसान बताउँछन् । ‘गत वर्ष मात्रै हामीले करिब सात क्विन्टल च्याउ बिक्री गर्‍यौँ’, कृषक समूहकी सचिव शान्ति चौधरीले भनिन्, ‘च्याउबाट मुनाफा पनि राम्रै हुन्छ ।’ गाउँका २८ जना समूहमा आबद्ध भएर सामूहिक च्याउखेती गरिरहेको बताउँदै चौधरीले अनुदान सहयोग मिलेपछि एक टनेल थप गरेर व्यवसायलाई विस्तार गरिएको बताइन् । ‘गाउँमै दिनमा रु १८० प्रतिकिलो बिक्री हुन्छ’, उनले भनिन्, ‘च्याउका लागि बजारको कुनै समस्या छैन ।’ उनले गाउँघर र नजिकैको बेलौरी बजारमा च्याउ बिक्री वितरण हुँदै आएको जानकारी दिइन् ।

त्यसैगरी उक्त समूहलाई च्याउ उत्पादनका लागि टर्नेल (च्याउखेती गर्ने कच्ची घर) बनाउन कृषि ज्ञान केन्द्रले पनि रु ३४ हजार सहयोग गरेको थियो । बेलौरी नगरपालिका–५ का वडाध्यक्ष सेटुकुमार चौधरीले स्थानीय तहले पनि च्याउ उत्पादनका लागेका किसानलाई गत वर्षदेखि सहयोग गरिरहेको बताइन् । ‘वडा कार्यालयबाट पनि यो वर्ष ३ क्विन्टल च्याउको बीउ, पराल काट्ने मेसिनलगायतको सहयोग भएको छ’, उनले भने, ‘दक्षिण क्षेत्रमै सबैभन्दा बढी च्याउखेती हाम्रो वडामा छ ।’ उनले गाउँमा च्याउखेतीतर्फ किसानको आकर्षण बढिरहेको बताउँदै उत्पादन वृद्धि गरी लैजान सके नगरपालिकाले पनि आवश्यक सहयोग गर्ने बताए ।

नेपाल राष्ट्रिय समाज कल्याण संघ(एनएनएसडब्लुए)ले यहाँका स्थानीय तहका विपन्न समुदायका किसानको आयस्तर उकास्न गरिबी निवारण कोष र जीविकोपार्जन कार्यक्रमअन्तर्गत च्याउखेती गर्ने किसानलाई बिरुवा वितरण, टनेल निर्माण र अनुदानसमेत उपलब्ध गराउँदै आएको छ । जीविकोपार्जन कार्यक्रमअन्तर्गत कञ्चनपुरको दक्षिण क्षेत्रमा केही वर्षअघिदेखि च्याउखेतीमा आबद्ध गराउन १५ वटा कृषक समूहलाई सहयोग गरिएको कार्यक्रमका संयोजक राजकुमार सुनारले बताए ।

‘गत वर्षदेखि हामीले शुरुआत गरिदिएको कृषक समूहलाई यहाँको स्थानीय तहले पनि अनुदानलगायतको सहयोग गरिरहेको छ’, संयोजक सुनारले भने, ‘निम्न आयस्तर भएका समुदाय र लक्षित वर्गलाई सहभागी गराएर विभिन्न आयमूलक व्यवसायमा लगाइरहेका छौँ ।’

त्यसैगरी बेलौरी नगरपालिकाको वन्तरीयाका महिला किसान च्याउखेती सामूहिकरुपमा गरिरहेका छन् । च्याउखेतीको समूहमा आबद्ध मिना चौधरीले गत वर्ष एक क्विन्टल च्याउ बिक्री गरेको बताइन् । बेलौरी नगरपालिका–३ पडावमा पनि कृषि ज्ञान केन्द्र कञ्चनपुरबाट प्रस्तावमा आधारित च्याउखेती शीर्षकबाट त्यहाँका किसानले टर्नेल निर्माणमा ५० प्रतिशत अनुदान लिएर च्याउखेती गरिरहेका छन् ।

कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्राविधिक सहायक जनकबहादुर सिंहले कञ्चनपुर र कैलालीमा दुई वटा शीर्षकमा अनुदान रकम आएको बताउँदै ५० प्रतिशत अनुदान सहयोगमा किसानले समूह र एकलरुपमा च्याउखेती गरिरहेको जानकारी दिए। ‘यहाँका किसानका लागि प्रस्तावमा आधारित च्याउखेतीमा समूह र एकल गरी १२३ जना किसान छनोट भएर काम गरिहेका छन्’, उनले भने,’त्यसका लागि किसानलाई ५० प्रतिशत अनुदान दिन रु १५ लाख बजेट आएको थियो ।’

त्यसैगरी एकल महिलालाई च्याउखेतीमा लागेर आयमूलक व्यवसाय अँगाल्न रु १० लाख च्याउखेती गर्न अनुदान आएर किसान महिला छनोट भइसकेको प्राविधिक सहायक सिंहको भनाइ छ । ‘कञ्चनपुर र कैलालीका ६० जना एकल महिलालाई छनोट गरेर उहाँहरुले च्याउखेती थालिसक्नुभएको छ’, सिंहले भने, ‘पछिल्ला वर्षमा यहाँ च्याउ उत्पादन बढिरहेको छ । बजारमा च्याउको माग बढिरहेको छ ।’

प्रतिक्रिया दिनुहोस