जिवन परिवर्तको खोजिमा मानसिक समस्याका बिरामीहरु « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

जिवन परिवर्तको खोजिमा मानसिक समस्याका बिरामीहरु


७ पुस २०७६, सोमबार


डोटी । डोटीको शिखर नगरपालिका वडा नम्बर ४ मुडभराका ३७ बर्षीया धन बहादुर नेपाली २ वर्ष पहिले मानसिक रुपमा बिछिप्त थिए । लामो समय भारतमा प्रवासी जिवन बिताएका धन बहादुर केही समय देखि घरमै बस्दै आएका छन् ।

भारतमा काम गर्दा गर्दै मानसिक रुपमा समस्या भएपछी उनले भारतमा उपचार गरे तर उनलाई ठिक भएन । त्यसपछि उनी घर आए घरमा आउदाँ घर नजिकको स्वास्थ्य संस्थामा मानसिक समस्या भएका ब्यक्तिहरुका लागि औषधी पाईन्छ भन्ने थाहाँ पाए पछि उनी स्वास्थ्य संस्था गई औषधी ल्याई सेवन गर्दा उनलाई पहिलेको भन्दा सुधार भएको छ ।

उनी भन्छन् ‘म भारतबाट छोडेर घर नआएको भए सायद पूर्ण रुपमा मानसिक सन्तुलन गुमाईसकेको हुन्थे वा के हुन्थ्यो घर फर्केर आउदाँ अर्को जुनि पाए । ’ मानसिक रुपमा समस्या भएका मानिसहरुले उपचार गरि औषधी सेवन गर्दा पुर्नअवस्था फर्किन सकिने भएको हुदाँ यस्ता बिरामीहरुलाई स्थानिय सरकारले पनि सहयोग गर्नु पर्ने उनि बताउन्छन् ।

धन बहादुर मात्र होईनन् सोही गाउँका अर्का मानसिक समस्या भएका लाल बहादुर कामी पनि पुर्नअवस्थामा फर्किन्छुकी भनेर झिनो आसमा बाचिरहेका छन् । उनी भन्छन् ‘म मरेर पुन बाचेको छु अब मलाई बाच्ने रहर छ । विविध समस्याका कारण दुईटै आखाको नानी गुमाईसकेका लाल बहादुर १ वर्ष देखि औषधी सेवन गरिरहेका छन् उनलाई पहिलेको भन्दा अहिले केही सुधार भएको छ । मानसिक रुपमा समस्या हुनु भनेको सबै भन्दा ठुलो बिरामी भएको उनको बुझाई छ ।

जिल्लाका विभिन्न स्थानमा रहेका मानसिक समस्या भएका ब्यक्तिहरु जिवन परिर्वनको खोजिमा छन् । शिखर नगरपालिका वडा नम्बर २ मुडेगाउँकी सारदा देबि जैसी पनि पहिलेको जस्तै स्वस्थ्य र मानसिक रुपमा ठिक हुन्छुकी भन्ने कुरामा आशावादी छन् । ४ वर्ष पहिले गाडी दुर्घटनामा परी धाईते भएकी जैसीको भारतको विभिन्न ठाउँमा उपचार गर्दा अरु शारिरीक रुपमा ठिक भएपनि मानसिक रुपमा भने पूर्ण स्वास्थ्य हुन सकेकी थिईनन् २ वर्ष पहिले सम्म मानसिक रुपमा बिछिप्त अवस्थामा रहेकी जैसी अहिले स्वास्थ्य संस्थाबाट प्राप्त औषधी सेवन गरेपश्चात उनलाई क्रमश सुधार हुदै गएको छ ।

उनी भन्छिन् ‘सुरुसुरुमा त मलाई अब के गरु कता जाउँ जताततै समस्याई समस्या, आर्थिक रुपमा कमजोर छोराछोरीको भविश्य कस्तो होला भनेर जतिबेला पनि सोचिमात्र राख्ने, अब उपचारहुदैन होला जस्तो लाग्थ्यो अब धेरै सुधार भईसकेको छ अहिले चिन्ता कम लिने गछु ’।

मानसिक रुपमा समस्या भएका बिरामीहरुलाई समान पहुच विकास केन्द्रले औषधी उपचार र उपचार सम्बभ नभएका बिरामीहरुलाई थप उपचारका लागि बाहिर रिफर गर्न सहयोग गरेको मानसिक स्वास्थ्य परियोजना संयोजक डिल बहादुर बिकले बताए । उनले भने‘ मानसिक समस्या भएका ब्यक्तिहरुको उपचार सम्भब छ यो धेरै जटील बिरामी होईन यसको बारेमा सबैले थाहा पाउनु जरुरी रहेको बताए ।

परियोजना क्षेत्र अन्र्तगत सानागाउँ मुडभरा र मुडेगाउँमा १ सय ४ जना ब्यक्तीहरु मानसिक रुपमा समस्या भएका ब्यक्तिहरु भ्ेटिएकोमा १८ जनालाई थप उपचारको लागि दिपायल, धनगढी र नेपालगंज रिफर गर्नुका साथै मानसिक स्वास्थ्य सम्बन्धी स्वास्थ्य संस्थालाई औषधि सहयोग गर्नुका साथै स्वास्थ्यकर्मि, धामिझाक्री, स्वयसेबीकाहरुलाई, तालिम दिएको समेत संयोजक बिकले बताए ।

कुनै पनि मानिस मानसिक रुपमा स्वस्थ्य भएपछी मात्र अरु सबै कुरा गर्न सकिने भएकाले मानसिक रुपमा समस्या भएका ब्यक्तिहरुको खोजिनिती गर्नु र उपचार गर्नु आवश्यक रहेको मानसिक स्वास्थ्यको क्षेत्रमा कार्यरत समान पहुचँ बिकास केन्द्रका अध्यक्ष शेर बहादुर मल्लको बताए । उनी भन्छन् ‘स्वास्थ्य भन्ने विषय समग्रमा जनाउने भएपनी मानसिक स्वास्थ्यको सवालले कम प्राथमीकता पाउने गर्दछ त्यसैले यस विषय बस्तुलाई प्राथमीकताका साथ अघाडी बढोस स्थानीय सरकारले पनि यो महत्वपूर्ण सवालको रुपमा हेरोस ।

मानसिक रुपमा समस्या भएका विरामीको संख्या दिनानु दिन बढीरहेको अवस्थामा मानसिक स्वास्थ्यको सवाल पनि महत्वपूर्ण सवालहो भन्ने कुरालाई जानकारी हुन आवश्यक रहेको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताए । उनले भने ‘ मानशिक स्वास्थ्य हाम्रो महत्वपूर्ण सवाल हो यस सवालको विषयमा सबै निकाय संम्बेदनशिल हुनुपर्छ यसलाई जिल्ला ब्यापी रुपमा अभियानको रुपमा लैजानु पर्छ ।’ स्थानीय सरकारले पनि आफ्नो बार्षिक कार्यक्रममा यो विषयलाई प्राथमीकताका साथ समेट्नु पर्ने समेत प्रमुख मलासी बताउछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस